शनिबार नै सम्पन्न प्रजातान्त्रिक व्यवसायी संघको नेपालगंज उपमहानगरपालिका नगर समितिको पहिलो अधिवेशनबाट शिवप्रसाद दाहालको अध्यक्षता नगर समिति चयन भएको छ । नगर समितिको उपाध्यक्षहरुमा विष्णु प्रसाद भुषाल,विमल कान्त गुप्ता र सुनिता बराल रहेका छन भने सचिवमा माधव पोखरेल र सन्तोष कुमार पौडेल तथा सहसचिवमा ब्रद्धुदिन अन्सारी र सुरविर फडेरा चयन भएको छन ।यस्तै निर्वाचन समितिका सदस्य अधिवक्ता शक्ति सिंह हमालका अनुसार कोषाध्यक्ष पदम श्रेष्ठ तथा सहकोषाध्यक्षमा युवराज ढकाल चयन भएको छन् ।यसैगरी सदस्यहरुमा सुर्य कुमार श्रेष्ठ,कमलप्रसाद पौडेल,मिम बहादुर सिंह ठकुरी,किशोर कुमार आर्चाय,डा।पंकज कुमार गुप्ता,भरत कुमार खड्का,एकराज पाण्डे,सुर्य केसी,किरण खनाल,मिरा पाण्डे,दुर्गा थापा,तुफेल अहमद खा,सुरेश सिंह परियार,संजय कुमार वर्नवाल,खिमराज अधिकारी,जय किशन साह९तेली०,विष्णु अर्याल ,गणेश भण्डारी,पृथ्वी सिंह ठकुरी,सुनिल गुप्ता र जी नुरैन मुल्तमिस९साहिल० रहेको निर्वाचन समितिका सदस्य तथा पत्रकार मधु पौडेलले जानकारी दिए ।नव निर्वाचित नगर समितिका अध्यक्ष दाहालले नेपालगंजमा अहिले पनि खुल्ला सिमा नाका लगायतको समस्या भएको बताए । आफुले प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको नगरको नेतृत्व लिदै गर्दा नेपालगंजका व्यपारीहरुको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई लिएर अगाडि बढ्ने समेत बताए ।
