spot_img
Friday, September 29, 2023
Homeराजनीतिनेतृत्वमा धैर्यता हुनु पर्छः नेपाली कांग्रेस सह महामन्त्री राठौर

नेतृत्वमा धैर्यता हुनु पर्छः नेपाली कांग्रेस सह महामन्त्री राठौर

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको चौथो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेतामा धैर्यता र संयमता हुनु पर्ने बताएका छन । नेता राठौरले पछिल्लो समय राजनितिमा आफु भन्दा अरुलाई नहुने भन्दै निषेदको राजनिति गरीदा नेताहरुको प्रतिको विश्वासमा समस्या आएको बताए ।नेता राठौरले नेपाली कांग्रेसमा चार पिढीको नेतृत्व हुदाँ पनि अझै पनि पार्टिमा आफुहरुले चाहेको जस्तो पार्टि बनाउन सकिन रहेको अवस्थामा नेतृत्वमा आउनेहरुले के पाउने भन्दा पनि के दिने भन्ने भावनाका साथ नेतृत्व लिनु पर्ने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले पछिल्लो समय हरेक व्यवसायीहरु मारमा परेको हुदाँ त्यसको समधानका लागि वर्तमान सरकार चनाखो हुनु पर्ने बताए ।सभापति गौडेलले नेपालगंज भनेको मध्ये र सुदुर पश्चिमको व्यपारीक केन्द्र भएको हुदाँ जिल्लाका राजनितिक दलहरुले समेत यहाँका व्यवसायीहरुका बारेमा चिन्तन गर्नु पर्ने समय आएको बताए ।यसैगरी प्रजान्त्रिक व्यवसायी संघ बाँकेका संस्थापक सदस्य सुनिल शर्माले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा लोकतान्त्रिक व्यवसायी संघ भैसककेको हुदाँ अव व्यपारीक हकहितका लागि लोकतान्त्रिक व्यवसायी संघको नयाँ कार्यसमिति ससक्त रुपमा व्यवसायीका हकहितका लागि काम गर्नु पर्ने बताए ।यसैगरी अधिवेशन सम्पन्न गर्नका लागि संयोजकको भुमिकामा रहेका ललित कुमार रौनियारले संगठन बन्दै गर्दा संगठनको उदेश्यमा बढि ध्यान दिनु पर्ने बताए । रौनियारले अहिले पनि व्यवसायी हितका लागि बनेको संस्थाहरुले कुनै पनि व्यवसायीहरुको हितमा काम नगरी रहेको अवस्थामा संस्थाको औचित्यमाथि नै प्रश्न चिन्ह खडा गरीरहेको हुदाँ नयाँ बन्ने प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले व्यवसायी हितका विषयमा धेरै भन्दा धेरै काम गर्ने आशा लिएको बताए ।यसैगरी च्याम्बर अफ कर्मस बाँकेका उपाध्यक्ष गोपाल अधिकारीले व्यपारीहरुले भोग्नु परेको समस्यालाई पार्टि नेतृत्वले समेत सम्बोधन गर्नु पर्ने बताए । उपाध्यक्ष अधिकारीले पछिल्लो समय विभिन्न मौद्रिक निति देखि लिएर बैक व्याजले व्यवसायीहरुको ढाड भाचि रहेको अवस्था नेतृत्वले व्यवसायीक हितका विषयलाई लिएर सरकारमा दवाव दिनु पर्ने अवस्था आएको बताए ।कार्यक्रममा लुम्बीनी प्रदेश सभा सदस्य माया पुन लगायत विभिन्न वस्तुगत समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा संजय थापा सर्वसम्मत चुनिएका छन । बाँकेको नेपालगंजमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन ।संघ उपाध्यक्षमा धु्रव दाहाल ,प्रदिप गुप्ता,चण्डी गैरे र उमा ग्राण्डन भएको निर्वाचन समितिका संयोजक हरिषचन्द्र श्रेष्ठले जानकारी गराएका छन । निर्वाचन समितिका संयोजक श्रेष्ठका अनुसार सचिवमा हिमनाथ पौडेल र टेक बहादुर खड्का सर्वसम्मत चुनिँदा सह–सचिवमा मख्खन बहादुर धामी र प्रेम खरेल भएको छन ।यस्तै संघको कोषाध्यक्षमा विष्णु श्रेष्ठ र सन्तोष वैश्य रहेको छन । यसैगरी सदस्यहरुमा विनय श्रेष्ठ,पुरुषोत्तम अग्रवाल,शालिकराम सुवेदी,रविन्द्र लामिछाने,मो.फरीदुल हक हलुवाई,मो.रिजवान अन्सारी,बद्री प्रसाद श्रेष्ठ,रेवती सिंह,सरद रेग्मी,नर बहादुर खड्का,टिकाराम ढुङगाना चयन भएको छन ।अन्य सदस्यहरुमा राम कुमार सिंह राठौर,सुदिप सेडाई,अतुल कुमार गुप्ता,मार्टिन वली,सावित्रा पोखरेल,विशाखर अधिकारी,राम किसन साहु(तेली) र शरदराज अधिकारी रहेको निर्वाचन समितिका सदस्य तोजेन्द्र विकले जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष थापाले बाँकेको व्यवसायीहरुको थुप्रै समस्याहरु भएता पनि केही समस्या भएपनि समाधान गर्न सकेको खण्डमा निकै राहत हुने बताए । उनले आगामि दिनहरुमा व्यवसायी हितका कार्यक्रम सहित अगाडि बढ्ने समेत बताए ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापा,लगायतको सामुहिक तस्विर


नगरमा दाहाल
शनिबार नै सम्पन्न प्रजातान्त्रिक व्यवसायी संघको नेपालगंज उपमहानगरपालिका नगर समितिको पहिलो अधिवेशनबाट शिवप्रसाद दाहालको अध्यक्षता नगर समिति चयन भएको छ । नगर समितिको उपाध्यक्षहरुमा विष्णु प्रसाद भुषाल,विमल कान्त गुप्ता र सुनिता बराल रहेका छन भने सचिवमा माधव पोखरेल र सन्तोष कुमार पौडेल तथा सहसचिवमा ब्रद्धुदिन अन्सारी र सुरविर फडेरा चयन भएको छन ।यस्तै निर्वाचन समितिका सदस्य अधिवक्ता शक्ति सिंह हमालका अनुसार कोषाध्यक्ष पदम श्रेष्ठ तथा सहकोषाध्यक्षमा युवराज ढकाल चयन भएको छन् ।यसैगरी सदस्यहरुमा सुर्य कुमार श्रेष्ठ,कमलप्रसाद पौडेल,मिम बहादुर सिंह ठकुरी,किशोर कुमार आर्चाय,डा.पंकज कुमार गुप्ता,भरत कुमार खड्का,एकराज पाण्डे,सुर्य केसी,किरण खनाल,मिरा पाण्डे,दुर्गा थापा,तुफेल अहमद खा,सुरेश सिंह परियार,संजय कुमार वर्नवाल,खिमराज अधिकारी,जय किशन साह(तेली),विष्णु अर्याल ,गणेश भण्डारी,पृथ्वी सिंह ठकुरी,सुनिल गुप्ता र जी नुरैन मुल्तमिस(साहिल) रहेको निर्वाचन समितिका सदस्य तथा पत्रकार मधु पौडेलले जानकारी दिए ।नव निर्वाचित नगर समितिका अध्यक्ष दाहालले नेपालगंजमा अहिले पनि खुल्ला सिमा नाका लगायतको समस्या भएको बताए । आफुले प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको नगरको नेतृत्व लिदै गर्दा नेपालगंजका व्यपारीहरुको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई लिएर अगाडि बढ्ने समेत बताए ।

नेपालगंज उपमहानगरपालिका नगर समितिका अध्यक्ष शिवप्रसाद दाहाल लगायतको सामुहिक तस्विर
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here