दाङको जिल्ला घोराही नगरपालिकामा जापान सरकारले शुक्रबार एक प्रसुति भवन हस्तान्तरण गरेको छ । एचई कार्याक्रम अन्तर्गत नेपालका लागि जापानका राजदुत किकुता युताकाले सो प्रसव केन्द्र हस्तान्तरण गरेका हुन ।जापान सरकारको ग्रासरुट ह्यमन सेक्युरिटी प्रोजेक्ट(जीजीपी)को अनुदान सहयोग अन्तर्गत नेपाल परिवार नियोजन संघ(एफप्यान) द्धारा संचालित बाल जन्म केन्द्र्र निर्माण र चिकित्सा उपकरण जडान गर्ने परियोजनालाई अमेरिकी डलर एक करोड रुपैया सहयोग गरिएको हो ।सो अवसरमा राजदुत किकुताले परियोजनामा संलग्न सबैको प्रयासलाई बधाई तथा प्रशंसा गरे । उनले बालबालिका नै देशको भविष्यको आशा रहेको बताए ।समाजका लागि बालबालिकाहरुका आमाहरुको हेरचाहा गर्नु पर्ने भन्दै नवनिर्मित ,भुकम्प प्रतिरोधी र सुविधासम्पन्न केन्द्रले सुरक्षित प्रसुति र उचित प्रसव पुर्व–नेटल हेरचाह र सेवाहरु प्रदान गरेर परिवार र समुदायलाई धेरै फाइदा पु¥याउने छ ।परियोजनाको नतिजाले नेपालमा बाल तथा मातृ स्वास्थ्य सेवाको विकास र दुई देशबीचको आदान प्रदानलाई थप सहयोग पुग्ने विश्वास व्यक्त सहयोग कर्ता संस्थाले जानकारी दिएको छ ।पििरयोजनाहरु कार्यान्वयन गर्न जीजीपी स्थापना गरिएको हो ।सन् १९९९ देखि नेपालमा २०० भन्दा बढि जीजीपी परियोजनाहरु कार्यान्वयन भइसकेका छन् ।
