spot_img
Saturday, April 1, 2023
Homeब्यानरसुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत

सुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत

spot_img

नेपाली कांग्रेस बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रगत दिएका छन् । संविधान पिता, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले आज नेपालगञ्जस्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताए । कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै हमालले संविधान जारी गर्न कोइरालाले लिएको चट्टानी अडान नेपालीहरुले सदैब सम्झिरहने उल्लेख गरे । उनले कोइरालाको स्मृतिमा रक्तदान जस्तो पवित्र मानवीय कार्य गरिनु आफैंमा सतकर्म भएको उल्लेख गरे । उनले रगत दान गर्नु ठूलो धर्म र पूण्य कर्म भएको बताए ।

काँग्रेस बाँकेका सभापति गौडेलले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान विशिष्ट रहेको चर्चा गर्दै उनी नेपाली राजनीतिको आदर्श व्यक्तित्व भएको बताए । गौडेलले कोइराला बाँकेबासीका लागि ुगौरबपूर्ण व्यक्तित्वु रहेको बताउँदै उनले देखाएको बाटोमा अग्रसर भए कांग्रेसले कहिल्यै हार्नु नपर्ने जिकिर गरे । उनले काँग्रेस बाँकेले पछिल्लो समय मानवीय तथा सामाजिक कार्यहरु गर्दै आएको उल्लेख गर्दै त्यसकै निरन्तरता स्वरुप कोइरालाको स्मृतिमा रक्तदान कार्यक्रम गरिएको बताए । रगत अभावमा विरामीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको गौडेलले जानकारी दिए । उनले पार्टीले आफ्ना कार्यक्रमहरुलाई सामाजिक र मानवीय सेवामा जोड्दै अघि बढेको बताए ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । कांग्रेस बाँकेले पार्टीलाई सामाजिक र मानवीय सेवामा जोड्ने उद्देश्यले केही समय यता लगातार जनस्तरमा पुग्ने गरी कार्यक्रम गर्दै आएको प्रबक्ता डिल्ली गिरीले बताए ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापतिहरु कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ९भोला०, लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, निवर्तमान सांसद सुरेन्द्र हमाल, कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरु कृष्णाकुमारी सापकोटा ९चौधरी०, दिक्षा कोइराला, पार्टी उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर र विनोदकुमार चौधरी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत नेता, कार्यकर्ता र शुभेच्छुक उपस्थित थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीसहितको प्राविधिक टोली रक्तदान कार्यक्रममा खटिएको थियो । रक्तदान गर्ने व्यक्तिहरुलाई पार्टीले कदरपत्र प्रदान गरेको थियो । यस्तै रक्तसञ्चार केन्द्रलाई पनि सभापति गौडेलले कदरपत्र प्रदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here