spot_img
Friday, September 29, 2023
Homeकला/साहित्यप्रदेश महोत्सव नेपालगंजमा शुक्रबार राई र जिएमको प्रस्तुती

प्रदेश महोत्सव नेपालगंजमा शुक्रबार राई र जिएमको प्रस्तुती

spot_img

बाँकेको नेपालगंजमा जारी रहेको प्रदेश स्तरीय महोत्सवमा भोली शुक्रबार राष्ट्रिय गायक मेलिना राई र गोपाल जिएको प्रस्तुती रहने भएको छ ।नेपालगंजको कारकारदोको सडक डिभिजन कार्यालयको परिसरमा जारी चौथो प्रादेशिक औद्योगिक लघु,घरेलु तथा कृषि ,प्रविधि ,व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार राई र जिएको प्रस्तुती रहेको प्रचारप्रसार समितिका संयोजक भागवत कडेलले जानकारी दिए ।यस्तै, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति समेत रह्ने छ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्ने तय भएको संयोजक कंडेलले जानकारी दिए ।दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । आज १८ जना प्रतिस्पर्धी सेमीफाइनल पार गर्दै फाइनलमा प्रवेश गरेका छन ।
शुक्रबार नै महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ । यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा। लि।को संयुक्त आयोजनामा जारी महोत्सव अब दुई दिन मात्र बाँकी छ ।महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा।लि।ले व्यवस्थापन गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here