spot_img
Saturday, April 1, 2023
Homeखेलकुदस्व. श्यामथापा स्मृति फुटबल,बागमति र खजुरा युनाइटेड विजयी,

स्व. श्यामथापा स्मृति फुटबल,बागमति र खजुरा युनाइटेड विजयी,

spot_img

बाँकेको खजुरा गाउँपालिका वडा नं. १, सैनिकचलिरहेको स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगितामाबागमति स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयीभएका छन् ।
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमाबागमति स्पोर्टस क्लवले एकतर्फी जीतनिकालेको छ । बागमतिले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ ।
खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको गोलले जयकिसानले अग्रतालिएको थियो । गोलखाएको तीनमिनेटमै बागमतिले सुदी गुरुङको गोलबाट खेललाई बराबरीमाल्याएको थियो । २६ मिनेटमा गुरुङकै गोलले बागमतिले अग्रतालियो । त्यसपछिबागमतिअझआक्रमकभएको थियो । ३५+२ मिनेटमा जनप्रकाश बम, ५६ मिनेटमा सुदिनसिंह विक्रम र ६० मिनेटमा विशालश्रेष्ठले गोल गरेकाथिए ।
दोस्रो खेलमाखजुरा युनाइटेडले सन्तकुटी स्पोर्टस क्लवलाई १–० गोलले पराजित गरेको छ । ७०+२ मिनेटमा प्रशान्तकुँवरले गरेको गोल नै निर्णायकभएको थियो ।
माघ २९ गते हुनेसम्म सञ्चालनहुने प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।
सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here