बाँकेको नेपालगंजमा संचालनमा रहेको नेपालगंज महोत्सवमा आज शनिबार बाल गायक तथा हाँस्य कलाकारको आउने आयोजनकले जानकारी दिएको छ । स्थानियत देखि लुम्बीनी प्रदेशका उत्पादन भएका सामाग्रीका स्टल सहितको महोत्सवमा आज शनिबार मनोरञ्जन प्रदान गर्नका लागि ख्याती प्राप्त बाल गायक र हाँस्य कलाकारहरुको आउने भएका हुन ।
बाँकेको नेपालगन्ज स्थित कारकादो सडक डिभिजन परिसरमा जारी चौथो प्रदेश स्तरीय औद्योगिक लघु,घरेलु तथा कृषि ,प्रविधि ,व्यापारी एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक रमेशराज भट्टराई, गायिका प्रिती आले,बाल गायक सुप्रिम मल्ल,डान्सर टिका जैसी,डान्सर अस्मिता कार्की ,हाँस्य कलाकार भुवनेश्वर अधिकारीको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक भागवत कडेलले जानकारी दिए ।संयोजक कडेलका अनुसार महोत्सवमा स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रहने छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ३ दिन सम्म जारी रह्ने महोत्सवमा शुक्रबार लोकगायक पुस्कल शर्मा, गायिका सिता राना, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, डान्सर बबिता धितालले भरपुर मनोरञ्जन दिएका थिए ।महोत्सवमा एस एम कला केन्द्र ग्रुरुपको समेत प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00