spot_img
Saturday, April 1, 2023
Homeखेलकुदनेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट

नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट

spot_img

नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता–२०७९ को तयारी पुरा भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा प्रतियोगिता शनिबारदेखि हुँदैछ ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर ९पुरुष० तर्फ २२ र उपमेयर९महिला० तर्फ ६ टिमले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन शनिबार बिहान हुँदैछ । उद्घाटन खेलमा पुरुषतर्फ मोर्डन पब्लिक स्कुल र अब्दुल्ला लायन क्रिकेट क्लबबिच तथा महिलातर्फ होलिल्याण्ड स्कुल र मंगल प्रसादको टिमबिच प्रतिस्पर्धा हुनेछ ।
आयोजक बाँके जिल्ला क्रिकेट संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको जनाएको छ । बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले प्रतियोगिताले बाँकेको क्रिकेट स्तरलाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उनले भने,‘यस पटक गतवर्ष भन्दा महिला र पुरुष दुबैमा धेरै टिमको सहभागिता रहेको छ । यसले बाँकेको क्रिकेट फेरी चलायमान भएको संकेत गरेको छ । हामी यस्ता विभिन्न प्रतियोगिता गर्दै बाँकेबाट नयाँ प्रतिभावान खेलाडी छनोट गर्ने अभियानमा छौं ।’
प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान खान पठानका अनुसार पुरुषतर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी ९ए०, फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थण्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी९बी०, समुह ‘बी’ मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके वारियर्स, जगवार स्पोर्टस क्लब, रनियापुर युवाक्लब रहेका छन् ।
यसैगरी समुह ‘सी’ मामंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवाक्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी परेका छन् ।
यसैगरी महिलातर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समुह ‘बी’मा होलिल्याण्ड स्कुल, मंगल प्रसाद स्कुल र बालविद्या स्कुल रहेका छन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजकले बताएकोछ । प्रतियोगिताको फाइनल मिति भने आयोजकले पछि सार्वजनिक गर्ने प्रतियोगिताका प्राविधिक संयोजक मोहन लम्सालले बताए ।
प्रतियोगिता आयोजना गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकाले मेयर कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको लागि ५ लाख र उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको लागि २ लाख आर्थिक सहयोग गरेको छ ।
नेपालगन्जको मंगल प्रसाद उच्च माविको मैदानमा धेरै समयपछि क्रिकेट प्रतियोगिता हुँदा बाँकेमा क्रिकेटको रौनकता बढेको बताउँछन् प्रतियोगिता संयोजक सोफियान खान पठान । उनले भने, ‘हामीलाई प्रतियोगिता गर्न मैदानको अभाव छ । मैदान नहुँदा धेरै समस्या हुने गरेको छ । कोहलपुरमा प्रतियोगिता गर्दा यहाँका टिम र खेलाडीलाई गएर खेल्न आर्थिक रुपमा समस्या पर्छ । त्यसैले नेपालगन्जमा प्रतियोगिता हुँदा यसले क्रिकेटलाई पुरानै लयमा फर्काउन सहयोग गर्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here