spot_img
Friday, September 29, 2023
Homeब्यानरनेपाल विद्यार्थी संघको सम्झनामा शहिद हरि,सरकारले चासो नदिदा शहिद प्रतिको आस्थामा कमि

नेपाल विद्यार्थी संघको सम्झनामा शहिद हरि,
सरकारले चासो नदिदा शहिद प्रतिको आस्थामा कमि

spot_img

पात्रोमा शहिद दिवस लेखिएता पनि पछिल्लो समय शहिद दिवसको अस्था र महत्वमा विस्तारै कमी आएको पाइएको छ । सरकारले शहिद दिवसलाई अवमुल्यन गर्दै त्यती महत्वको विषयमा पार्न नसक्दा शहिद दिवस प्रतिको विश्वास र आस्था घट्दै गएको पाइएको हो ।
शहिद दिवसको अवसरमा पेशागत संगठन “पापड”बाँकेका नेता तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका प्राध्यापक स्वर्गीय हरि प्रसाद अधिकारको सम्झानामा नेपाल विद्यार्थी संघ बाँके जिल्ला कार्यसमितिले महेन्द्र बहुमुखी क्याम्पसमा रहेको सहिद अधिकारको शालिकमा माल्यपर्ण कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति नेपाल विद्यार्थी संघ बाँकेका कार्यवाहक सभापति चक्र रावतले सरकारले शहिदको सम्झनामा कुनै पनि चासो निदई रहेको अवस्थामा नेपाल विद्यार्थी संघले शहिदका बारेमा पछिल्ला पुस्ताहरुलाई समेत जानकारी हुनु पर्ने बताए ।अध्यक्ष रावतले भने,“अहिले हामीले स्वतन्त्र पुर्वक बोल्न पाएका छौ,हिड्न पाएका छौ तर पछिल्लो समय सरकारले शहिदलाई विर्सन थालेको अवस्था छ ।”
यसैगरी महेन्द्र बहुमुखी क्याम्पस प्रजातान्त्रवादी प्राध्यापक संघ ईकाई समितिका अध्यक्ष प्रकाश लामिछाने युवाहरुको भुमिका भनेको सहिलाई सहि र गलतलाई गलत भन्ने परम्परा कायम राख्नु हो । अध्यक्ष लामिछाने ले भने,“सम्पुर्ण विद्यार्थीहरु युवा हो अतः गलत कामलाई युवाहरुले टुलुटुलु हेर्नु कदापि हुदैन,शहिदको सपना साकार पार्नका लागि विद्यार्थी युवाहरुले अध्यायनसगै सुशासनलाई समेत लिएर हिड्नु पर्छ ” ।यसैगरी महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास गौतमले शहिदहरुको बलिदानीबाट ल्याएको प्रजातन्त्र सबैले उपभोग गर्न पाइरहेको अवस्थामा सबै तह र तप्काबाट शहिदलाई सम्झन्नु पर्ने र शहिदले देखाएको मार्गमा हिड्न सक्नु पर्ने बताए ।यसैगरी महेन्द्र बहुमुखी क्याम्पस राजनितिशास्त्र विभागिय प्रमुख रुद्र प्रसाद तिमिल्सेनाले इमान्दारीता नै शहिदको सपना भएको हुदाँ सबैले आ–आफ्नो स्थानमा इमान्दार भएर काम गर्नु पर्ने बताए । विभागिय प्रमुख तिमिल्सेनाले भने,“लोकतान्त्रिक गणतन्त्रका लागि शहिदले लिएको सपना र जिम्मेवारीलाई हामी माझ छोडेर गएका हुन अतः हाम्रो जिम्मेवारीमा हामीहरु इमान्दार हुन सक्नु पर्छ,” ।यसैगरी महेन्द्र बहुमुखी क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख अजुर्न प्रसाद पोख्रेलले राज्यले शहिदलाई सम्झनु पर्ने हो तर यसो हुन सकि रहेको छैन । अन्य दिवसलाई विशेष बनाउँदै लगेको राज्यले शहिद दिवसलाई खासै महत्व नदिदाँ शहिदका सपनाहरु ओझेल पर्ने हुन कि भन्ने वर्तमान चिन्ता भएको पुर्व सहायक क्याम्पस प्रमुख पोख्रेलले भने ।
नेपाल विद्यार्थीसंघ ईकाई समिति महे्न्द्र बहुमुखी क्याम्पसका नेता जिवन जंग शाहीले स्वागत गर्दै शहिदको सपनालाई सबैले आत्मसाथ गरी अगाडि बढ्नु पर्ने बताए । राज्यले अन्य पर्वहरुमा सार्वजानिक विदा दिने गर्छ ,शहिद दिवसको अवसरमा समेत विभिन्न कार्यक्रम गर्दैै सार्वजानिक विदा दिने परम्परा विगत हुदै आएको हो तर अहिले शहिद आफैले राज्यलाई दवाव दिन जनसक्ने र शहिदका निम्ति कोही पनि नबोल्दीने भएको हुदाँ शहिदप्रतिको सम्झाना तथा उनीहरुले गरेका बलिदानीहरुको महत्वमा राज्य समेत बेखबर जस्तो बनेको पेशागत सैगठनका नेता तथा प्राध्यापकका प्रथम शहिद बनेका आधिकारी परिवार अन्जु अधिकारी बताउँछिन । शहिद परिवार अधिकारीले भनिन,“कसैले पनि शहिदलाई सम्झदैन के गुनासो गर्नु ,विद्यार्थी भाइबैनीहरुले सम्झिए त्यही नै ठुलो छ मलाई ” । यसैगरी कार्यक्रमको सहजीकरण महेन्द्र बहुमुखी क्याम्पस राजनितिशास्त्र वि.ए. पहिलो वर्षमा अध्यायनरत चन्द्रलाल जैसीले गरेका थिए ।
वि.स.२०६२ चैत्र २६ गते विभिन्न पेशागत संगठन“पापड”का नेता तथा महेन्द्र बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति समेत रहेका स्वर्गीय अधिकारीको तत्कालिन आन्दोलनमा आफ्नो सम्बोधन दिएर फर्केने क्रममा बाटोमा मृत्यु भएको थियो ।यसैगरी शहिद दिवसकै अवसर पारेर महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाई समेत गरीएको छ ।नेपाल विद्यार्थीसंघ जिल्ला कार्यसमिति बाँकेको अगुवाईमा सरसफाई कार्यक्रम गरीएको नेपाल विद्यार्थी सघ जिल्ला कार्यसमिति बाँकेले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here