spot_img
Sunday, March 26, 2023
Homeकला/साहित्यमहोत्सवमा भोलीदेखी कुस्ती

महोत्सवमा भोलीदेखी कुस्ती

spot_img

बाँकेको नेपालगंजमा जारी नेपालगंज महोत्सवमा भोली शनिबारदेखि कुस्ति सुरु हुने भएको छ । महोत्सवको विशेष प्रस्तुतीका रुपमा लिएको कुस्तीमा नेपालकै उत्कृष्ट अन्तराष्ट्रिय खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले बताए । महोत्सवमा शुक्रबार विभिन्न राष्ट्रिय कलाकारहरुले धमदार प्रस्तुतिका साथ माहोल तताएका छन ।चौथो प्रादेशिक औधोगिक तघु,घरेलु तथा कृषि,प्रविधि,व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का,गायिक सिर्जना खत्री र गायक बसन्त लम्सालले धमदार प्रस्तुतिका साथ माहोल तताएका थिए ।
गायिक एवं उद्घोषिका शोभा त्रिपाठी र पे्ररणा गिरीले संचालन गरेका कार्यक्रममा आज काठमाडौंको नयाँ बानेश्वर स्थित संसद भवन अगाडि आत्मदाहको प्रयास पछि मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा एक मिनेट मौनधारण गर्दै उनलाई सहिद घोषणा गर्ने सरकार समक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काको माग रहेको छ ।
यस्तै, भोलि शनिवार डान्सर रुबिना अधिकारी, गायक चक्र बम, गायिका टिका सानु आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक कंडेलले जानकारी दिए । स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा। लि।को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्ने महोत्सवमा शनिवार देखि कुस्ती प्रतियोगिता शुरु हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here