काठमाडौको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा बाँकेको नेपालगंज स्थित त्रिभुवन चोकमा दिपप्रज्वलनका साथै मौन धारण गरीएको छ ।नेपालगंजका व्यापारीहरुको अगुवाईमा त्रिभुवन चोकमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरीएको स्थानिय व्यापारी विवेक श्रेष्ठले बताए । यसैगरी दिपप्रज्वलन कार्याक्रममा व्यपारीक अगुवा तथा नेपालगंज उद्योग वाणिज्य संघ बाँकेका पुर्व वरिष्ट सदस्य ललितकुमार रौनियारले बैकको तनावलाई आचार्यले थेग्न नसकेर सम्पुर्ण व्यपारीहरुको प्रतिनिधिपात्रको रुपमा आफुलाई दहन गरेको हुदाँ आचार्याको त्यागलाई आवव्यपारी सबैको भएको हुदाँ यसमा सबैले ध्यान दिनु पर्ने बताए ।यसैगरी आचार्यको संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले भोलि बिहिवार सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्वोझीचोकमा शोकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00