बाँकेको नेपालगंजमा मंगलबारबाट संचालनमा आएको नेपालगंज महोत्सव भव्य रुपमा उद्घाटन भएता पनि स्थानिय सरकारले सहयोग नगरेको गुनासो आएको छ ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काले लाखौको लगानीमा स्थानिय व्यवसायीहरुलाई केही राहत होस भन्ने उदेश्यका साथ संचालन गर्न लागिएको महोत्सवमा स्थानियत तहले खासै चासो नदेखाएको बताईन ।उनले भनिन,“उद्यमी व्यवसायीको अवस्थालाई हेर्दा घरेलु तथा साना उद्योगीहरु प्रति सरकारको ध्यान गएको छैन ।”उनले अगाडि भनिन,“नेपालगंजमा संचालित महोत्सवलाई स्थानिय सरकारले समेत खासै चासो समेत दिएको पाइएको छैन र हामीलाई स्थानिय सरकार हामी विच छ जस्तो लागि रहेको छैन ।”
महोत्सवको उद्घाटन गर्दै माओवादी नेता तथा लुम्बिनी प्रदेश मन्त्री कृष्ण केसी(नमुना)ले कोभिडले बिथोलिएको अर्थतन्त्र र त्यसबाट थलिएको उद्योग व्यापारलाई बजारीकरण गर्नका लागि यस प्रकारको महोत्सवको निकै महोत्व हुने बताईन । मन्त्री केसीले भनिन,“कोभिडले अर्थतन्त्रसँगै सम्पुर्ण व्यापार व्यवसाय बिथोलिएको छ यस प्रकारको महोत्सवले अर्थतन्त्र उकास्न थोरै भएपनि सहयोग मिल्नेछ ।”महोत्सवको आफ्नै सकारात्मक पक्ष र चुनौतीहरु रहेका हुन्छन तर यसलाई अवसरको रुपमा पनि लिनु पर्ने मन्त्री केसीको आग्रह रहेको थियो ।
नेपाल घरेलु तथासाना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा आयोजित कृषि,व्यापार ,पर्यटन तथा साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय अध्यक्ष उमेश प्रसाद सिंहले समेत स्थानिय निकायले उद्योगी व्यापारीहरुलाई नदेखेको जस्तो गरेमा घाटा हुने चेतावनी समेत दिएका छन ।उनले स्थानिय निकाय संचालन ऐनमा समेत माहासंघ पदयन सदस्य हुने भएको हुदाँ स्थानिय संचालन ऐनले पालिका भित्र रहेका घरेलु तथा साना उद्योगीका हक हितका लागि काम गर्ने संस्था पालिका अध्यक्ष पदेन स्थानिय निकायको राजश्व परामर्शमा रहनु पर्दछ ।अध्यक्ष सिंहले भने,“ऐनको भावनालाई तपाईहरुले कदर गर्नु हुने विश्वास लिएको छु ”
‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ आजदेखि संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन नेपालगञ्जको धम्बोझी चोक देखि महोत्सव स्थल सम्म सांकृतिक झाकी र्यालीको आयोजना गरिएको थियो ।
माघ २४ गते सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार चर्चित भोजपुरी कलाकार खेसारी लाल २, डान्सर प्रिती पासवान, ख्याती प्राप्त कलाकार र्यापर भि(टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, र्यापर मिस्टर आरजे गायिका सृजना खत्री ९हाउडे माया०, गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम।टी। महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटेरपुतली, बल्छीरराजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रह्नेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रह्ने संयोजक कंडेलले जानकारी गराए भने उद्घाटन समारोहको सहजिकरण नेपाल साना तथा घरेलु महासंघ बाकेका महासचिव जिआर भुसाल र प्ररेण गिरीले संचालन गरेको थिए ।
भोलिका लागि कलाकार विन्दु परियार, चन्द्र शर्मा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको हो ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्याबीलाई ५० रुपैँया टिकट दर राखिएको बताइएको छ ।महोत्सबमा २ सय स्टल रहेका छन जसभित्र थारु होमस्टे, थारु गाउँ पनि समावेश गरिएको छ ।