माघ महिनामा मनाईने माघे सक्रान्ति तथा थारुहरुको नयाँ वर्षको रुपमा मनाईने माघि पर्वको अवसर पारेर बाँकेको नेपालगंज कारकादोमा रहेको टेस्टी थकाली भान्साघरले संचालनको गरेको माघी विशेष कार्याक्रम शनिबार सम्पन्न भएको छ । अनौपचारीक तरीकाले माघ ६ गतेबाट संचालनमा ल्याइएको माघि विशेष कार्याक्रम तीन दिन सम्म रहेको थियो ।आफ्ना उपभोक्ताहरुलाई नियमित रुपमा भेटघाटको वातावरण सृजना गराउन नसके पनि पर्व विशेष कार्यक्रम बनाएर सबैलाई जोड्ने तथा माघ पर्वलाई जाति विशेष भन्दा पनि सबैले आपनत्वका लिनु पर्ने परम्परालाई कायम राख्नका लागि माघे सक्रान्ति तथा माघि विशेष कार्यक्रमको आयोजना गरीएको भान्साघरका संचालक संजीव न्यौपाने हामीलाई बताउँछन । थारु परम्परा अनुसार थारु नृत्यका साथमा माघिका प्रमुख खानाहरु ढिक्री,गञ्जी,तरुल,तिलको लड्डु र अचारको साथमा आफ्ना पाहुनाहरुलाई भान्साघरले स्वागत गरेको थियो ।
बाँकेमा थकाली परिकारको साथमा भन्दै धेरै होटल तथा रेष्टुरेन्ट संचालनमा ल्याएको भएता पनि शुद्ध थकाली खानाका लागि भान्साघरलाई नै सम्झनु पर्ने संचालकको दावी रहेको छ ।संचालित भान्साघरले चिकेन सेकुवा,हासको छोइला,थकाली खाना,लोकल कुखुराको विभिन्न परिकार लगायको सुविधा दिदै आएको छ ।स्वादसँगै सामाजिक सेवाका कार्यमा समेत कार्याक्रम संचालन गर्दै आएको भान्साघरले विगत देखि नै स्वास्थ्य परिक्षण लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
00
00