spot_img
Thursday, September 28, 2023
Homeकला/साहित्य¥यापर भिटिन पनि आउँदै नेपालगंज महोत्सवमा

¥यापर भिटिन पनि आउँदै नेपालगंज महोत्सवमा

spot_img


हाम्रो समाजले पचाउने भन्दा पनि फरक ¥याप गित गाएर चर्चित बनेका पप गायक ¥यापर भिटिने समेत नेपालगंजमा हुन गैरहेको व्यवपारीक महोत्वसमा आउने भएको छन । गित गाएर नै विवादमा पर्दै चर्चा कमाउने सफल पप गायक ¥यापर भिटिन निकै सरल र सहज गायकमा रुपमा पर्ने हुदाँ समेत भेटिनेसगै अन्य कालकारको प्रस्तुति हेर्न अन्य जिल्लाका दर्शक समेत बाँकेको नेपालगंज पुग्ने अनुमान गरीएको छ । १५ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय देखी अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने भएको हुदाँ समेत अहिले महोत्वसको तयारी निकै तिव्र रुपमा चलिरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाके अध्यक्ष मधु खड्काद्धारा जानकारी गराइएको छ । यही माघ १० गते देखि संचालन हुने चौथो प्रादेशिक औद्योगिक ,लघु घरेलु तथा कृषि ,प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा स्थानिय कलाकारहरु समेतको प्रस्तुती हुने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कडेलले जानकारी गराएका छन ।
संयोजक कडेलका अनुसार महोत्सवमा ¥यापर भि(टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, र्यापर मिस्टर आरजे गायिका सृजना खत्री ९हाउडे माया०, गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटेरपुतली, बल्छीरराजु माष्टर लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।यस्तै अन्तरराष्ट्रिय कलाकारमा व्यापक चर्चा कमाएका भोजपुरी गायक खेसरी लाल यादवलाई ल्याउने चर्चा चलिरहेको छ ।महोत्सवको होस्ट विजय पुन, दिप मगर र प्रेरणाले गर्ने प्रचारप्रसार समितिले जनाएको हो ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट अन्तरराष्ट्रिय खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छन । महोत्सबमा ३०० स्टल रहने छ जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ ।महोत्सव संचालन हुन अब ३ दिन मात्र बाँकी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here