ईलाका प्रहरी कार्यालय जयसपुर बाँकेबाट खटिएको प्रहरीले लेडिज कुर्ता सुरवाल,चिनी लगायतका अबैध भन्सार छलि गरी ल्याएको सामान मंगलबार बरामद गरेको छ । जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नंं.१६ जयसपुर स्थित नेपालगंज रुपैडिया भन्सारमा चेकजाँचका क्रममा भारतबाट अबैध रुपमा ल्याईको लेडिज कुर्ता सुरवाल नब्बे पिस,चिनी एक किन्टल गरी जम्मा असी हजार बराबरको अबैध सामान बाँके प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बरामद भएका समानहरुको आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।
00