बाँकेको जिल्ला नेपालगंज उपमहानगरपालिका भारतीय सिमानाका जमुनाहमा शुक्रबार चेकजाँचको क्रममा अबैध समान बरामद गरीएको छ । नेपालगंज उपमहानगरपालिका–१५ मा रहेको जमनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको बेवारीसे समानहरु बरामद गरेका हो । बेवारीसे अवस्थामा भेटिएका ३ बोरा चिनी,१० कार्टून सेलो पेन,१०० प्याकेट सुर्ति सुपर पावर,६ थान जेन्स सुट कपडा,८० के.जी.भेली,१४ पिस लेडिज ऊनीको सुट,२ बोरा पिठो बरामद गरीएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिएका छन ।प्रमुख राठौरका अनुसार बरामद समानहरुको मुल्य अन्दाजी एक लाख बाह्र हजार नौ सय पचास रहेको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00