नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचित जन प्रतिनिधिलाई नेपालगन्ज उप महानगरपालिका वडा नं. ६ ईकाई कमिटिले बधाई तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
शुक्रबार हडियाबाबा मन्दिर परिसर भित्र आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेस सरकारमा रहे पनि नरहे पनि जनताको हक,अधिकार र जनजिविकासँग सँधै निकट रहने बताएका थिए । नेपाली कांग्रेसका सह-महामन्त्री समेत रहेका राठौरले लोकतन्त्रलाई खतरा नहोस भनेर कांग्रेस शतर्क रहिरहनु पर्ने समेत बताएका थिए । ‘सुशासन र कानुनी राज्यको स्थापना हुनुपर्छ’- राठौरले थपे । उनले भने नयाँ सरकारले विकास र सुशानका लागी काम गर्न सक्नु पर्ने धारणा समेत राखेका थिए ।
कार्यक्रमलाई नव निर्वाचित प्रदेश सभा सदस्य सुशीला वादी, उपसभापति गोपाल प्रसाद अधिकारी लगाएतकाले आ आफ्नो भनाई राखका थिए ।
सम्माननित हुनेमा प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौर,प्रदेश सभा सदस्य बादशाह कुर्मी, मिना सिद्दिकि,सुशिला वादी लगाएतका जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा सहभागीलाई क्षेत्रीय प्रतिनिधि बसन्त उपाध्यायले स्वागत गरेका थिए । ईकाइ सचिव दिलीप रेग्मीले सञ्चालन गरेको बधाई तथा शुभकामना कार्यक्रमको सभापतित्व ईकाई उप सभापति राम भारतीले गरेका थिए ।