spot_img
Friday, September 29, 2023
Homeब्यानरमेल्बिनको जन्मोत्सवमा निःशुल्क आँखा र कान परिक्षण

मेल्बिनको जन्मोत्सवमा निःशुल्क आँखा र कान परिक्षण

spot_img

लायन्स क्लवका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा लायन्स र लियो क्लव अफ नेपालगंज इन्नेभेटिभले निःशुल्क आँखा तथा शिवर आयोजना गरेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.२० थपुवामा बुधबार आयोजना गरीएको शिविरमा १सय १० जनाले कानको परिक्षण गराएका भने १सय ३५ जनाले आँखाको निःशुल्क परिक्षण गराएका थिए ।शिवरमा निःशुल्क परिक्षण सहित निःशुल्क औषधि वितरण समेत गरीएको थियो ।परिक्षणका क्रममा १५ जनामा मोतिया बिन्दु ,५ जनामा आँखामा मासु पलाएको र ६ जनामा कानको अप्रेशन गर्नु पर्ने देखिएको नेपालगंज उपमहानगरपालिका पुर्व उममेयर तथा लाइन्सका जिल्ला सल्लाकार उमा थापा मगरले जानकारी दिइन ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै फस्ट भिडिजी लायन्स मुकुट ढकालले लायन्सका संस्थापक मेल्बिन जोन्सले समाजका विविध समस्याहरुलाई सामाजिक सेवा मार्फट तत्काल सम्बोधन गर्न लायन्स क्लबको स्थापना गरेको हुदाँ आफुहरुले पनि तत्काल समस्या समाधानका लागि पहल कदमी गरिहेको बताए।लायन्स ढकालले समाजिका सेवा आफैमा जटिल कार्य भएता पनि सबैको हातेमालो भयो लायन्स यस कार्यक्रममा अग्रसरत रहने प्रतिवद्धता गरे ।यसैगरी निर्वतमान जिल्ला गर्भनर लायन मधु सुदन शर्माले लायन्स क्लवले समाजका कुना–कुनामा लुकेका तर पहुँचको अभावमा सेवा लिनबाट बञ्चित समुदायलाई लक्षित गरेर क्लवले सामाजिक सेवाका कार्यका निरन्तरता दिएको बताए ।करिब १ सय वर्ष देखि सामाजिक सेवा मार्फत लायन्स क्लव देशको दुर दराजसम्म पुगेर समाजका विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरेको बताए । क्लवका अध्यक्ष विष्णु खनालको अध्यक्षता सम्पन्न कार्यक्रममा सिनियर डिस्ट्रिक्ट एक्ज्युटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठ,जिल्ला एक्ज्युटिभ चिफ लायन शशि स्वार,एक्ज्युटिभ डिस्ट्रिक्ट को चिफ लायन सरिता शाक्य,मेल्बिन जोन्स डे सेलिब्रेसन कोर्डिनेटर लायन सावित्रा शर्मा,डिस्ट्रिक्ट लायन डिल्ली रेग्मी ,लायन मिना ढकाल,लायन मन्दिरा पाण्डे,डिस्ट्रि एडभाइजर लायन कृष्ण प्रसाद श्रेष्ठ,लियो प्रकाश कुँवर लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here