spot_img
Sunday, June 4, 2023
Homeब्यानरमेल्बिनको जन्मोत्सव पाठेघरको क्यान्सर परिक्षणबाट सुभारम्भ

मेल्बिनको जन्मोत्सव पाठेघरको क्यान्सर परिक्षणबाट सुभारम्भ

spot_img

लायन्सका संस्थापक मेल्बिन जोन्सको १सय ४४ औ जन्मोत्सवको अवसरमा महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरि सुभारम्भ गरिएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.२२ पुरैनीमा महिलाको पाठेघरको मुखको क्यान्सर बाट जोन्सको जन्मोत्सवको सुरुवात गरीएको हो ।साप्ताहिक कार्यक्रम अन्तर्ग लायन्स क्लव अझ नेपालगंज भेरीको आयोजनामा आयोजित परिक्षण नेपालगंज उपमहानगरपालिका–२२का ७६ जना महिलाले सेवा लिएको लायन्स क्लव बाँकेका सल्लाकार उमा थापा मगरबाट जानकारी प्राप्त भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि बाँके प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले ग्रामिण भेगका महिलाहरुको स्वास्थ्यलाई मध्येनगर गरेर आयोजना गरिएको कार्यक्रम निकै स्राहानिय भएको बताईन ।कार्यक्रम आयोजकलाई धन्यवाद दिदै प्रदेश सभा सदस्य केसीले जनचेतनाको अभाव र स्वास्थ्यमा देखिएका समस्यालाई लुकाएर राख्ने बाध्यताका कारणले गर्दा कतिपय महिलाहरुको ज्यान जोखिममा गरेको बताईन ।कार्यक्रमका विशिष्ट अतिथि पुर्व गर्भनर लायन शेम शाक्यले महिलाहरुले आफुभित्रको समस्या लुकाएर राख्ने प्रवृतीका कारण समयमा उपचार नहुने र अनेकौ स्वास्थ्य समस्याको सामाना गर्नु परेको हुदाँ यस्ता कार्यक्रमलाई अवसरको रुपमा लिनु पर्ने बताए ।यसैगरी वडा नं.२२ का वडाअध्यक्ष अब्दुल गफार हलवाईले ंं लायन्स क्लबले महिलाहरुको जटिल समस्यालाई सम्बोधन गर्दै वडामा कार्यक्रम आयोजना गरेकोमा अभार व्यक्त गरे ।कार्यक्रममा अध्यक्ष मेल्बिन जोन्स डे सेलिव्रेसनका संयोजक लायन सावित्रा बस्नेतले वडाका सम्पुर्ण महिलाले पाठेघरको मुखको क्यान्सर परिक्षणमा सहभागी भई समयमा नै रोग पत्ता लगाएर उपचारमा गर्न हुन अनुरोध गरेकी छिन ।लायन्स क्लब अफ भेरी अध्यक्ष सुषमा सुवेदीले स्वागत गरेको कार्यक्रममा पुर्व गर्भनर लायन मधु सुदन शार्म,एक्ज्युटिभ चिफ शशी स्वाँर,डिस्ट्रिक को चिफ सरिता शाक्य,लायन सावित्रा शर्मा, लगायतको उपस्थिति रहेको थियो । पाठेघरको मुखको क्यान्सर परिक्षण डा.फरहत बानो र डा.नम्रता भट्टाई गरेको कार्यक्रममा चेजाँचको क्रममा कतिपय महिलाहरुको पाठेघरमा ट्युमरको केस देखिएको हुँदा थप उपचारको लागि शुशिल कोइराल प्रखर क्यान्सर अस्पताल खजुरामा समेत रिफर गरीएको छ ।त्यसैगरी सोही अवसरमा लायन्स क्लव अफ नेपालगंज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई न्यानो लुगा स्वरुप ज्याकेट वितरण गरेको छ भने लायन्स क्लव अफ नेपालगंज,सिनर्जी ,रोल्पा र न्युरोडले सयुक्त रुपमा बैजनाथ गाउपालिका ७ पेडारीका १३ जना अपाङता भएको बालबालिका र भवानी माध्यामिक बढैयाताल सिमरा ३ का ३५ जना बौद्धि अपांगता भएकाहरुलाई न्यानो लुगा वितरण गरेको छ ।यसैगरी लायन्स क्लव अफ नेपालगंज वाटरपार्कले कारकाँदोमा रहेका सुस्त मनस्थित भएको २५ जनालाई ट्रायक सुट वितरण गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here