सामाजिक सेवामा समर्पित रहदै आएको विश्वको ठुलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल विश्वले सप्ताहव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।विहिबार बाँकेको नेपालगंजमा आयोजना गरीएको पत्रकार सम्मेलनमा क्लबका संस्थापक मेल्बिन जोन्सको जन्मको अवसरमा बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो ।
लायन्सका पुर्व गभर्नर मधु सुदन शर्माको प्रमुख आतिथ्यमा आयोजना गरीएको पत्रकार सम्मेलनमा यही पुष २३ गतेदेखि २९ गते सम्म गरिब र विपन्नहरुलाई मध्येनजगर गर्दै महिलाको क्यान्सर सम्बन्धी परिक्षण,न्यानो कपडा वितरण ,स्वास्थ्य शिविर ,खाद्यान्न वितरण ,शैक्षिक सामाग्री वितरण,लागु औषध दुव्र्यसनीविरुद्ध सचेतना,सर्जिकल र औषधि वितरण,स्यानेटरी प्याड भेन्डिगं मेसिन वितरण ,सरसफाई ,रक्तदान लगायतको कार्याक्रम आयोजना गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा बाँके र बर्दियका विभिन्न लायन्स क्लबहरुको आयोजनामा हुने कार्याक्रम विभिन्न ठाउँमा संचालन हुने लायन्स जिल्ला सल्लाकार उमा थापा मगरले बताईन ।
सन १९१७ सालमा मेल्बिन जोन्सले स्थापना गरेको लायन्स क्लव इन्टरनेशनलमा १४ लाखबढि सदस्यहरु आबद्ध रहेका छन । १ सय ५ वर्ष देखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन १९७१ सालदेखि नेपालगमा समेत क्रियाशिल रहेदै आएको छ ।हालसम्म नेपालमा करिब ५० हजार सदस्यहरु आवद्ध रहेका छन भने बाँकेमा हालसम्म पाँच सय बढि सदस्यहरु रहेका छन ।संस्थापक जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसर पारेर लायन्स क्लबले कार्यक्रमको आयोजना गरीएको लायन्स क्लवका कार्याक्रम संयोजक सावित्रा बस्नेतले बताईन ।
लायन्स क्लव भेरी अध्यक्ष सुषमा सुवेदीले संचालन गरेको कार्याक्रमको विशिष्ट अतिथिमा लायन्सका पुर्व गर्भनर शोभम शाक्य,सिनियर डिस्ट्रिक सुपरभाइजर ज्ञानेन्द्र कुमार श्रेष्ठ,शशी स्वाँर,लायन्सकी कार्याकारी जिल्ला सहयक प्रमुख सरीता शाक्य,एरिया सेक्रेटरी लायन्स सुन्दर गुरुङ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई,नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे,नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष रुद्र सुवेदी लगायको उपस्थिति रहेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00