spot_img
Sunday, March 26, 2023
Homeब्यानरहोटल व्यवसायी महांसघको महाधिवेशन चितवनमा जारी

होटल व्यवसायी महांसघको महाधिवेशन चितवनमा जारी

spot_img

बाँके,होटल व्यवसायी महासंघ नेपालको महाधिवेशन चितवन जिल्लाको भरतपुर महानगरपालिकाको सौराह चोक टाडीमा दशौ वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ ।
आन्तरीक तथा बाह्य पर्यटन प्रवर्धनमा सिङो जिम्मेवारी बहन गर्दै आएको होटल व्यवसायी महासंघले आफ्नो नयाँ कार्यासमिति चयनको लागि महाधिवेशन गर्न लागेको हो ।
महासंघका अध्यक्ष हीराध्वज शाहको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा चितवन महानगरपालिकाका प्रमुख रेनु दाहाल रहेकी थिइन ।महासंघले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवन लगायतको देशको पर्यटन क्षेत्र चलायमान हुने आशा गरिएको छ ।अधिवेशनमा देशभरका प्रदेश संघ,जिल्ला संघ तथा इकाईहरुबाट सम्पुर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करीब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको बतार्ईइएको छ ।महासंघका महासचिव विरमानजंग बटालाद्धारा संचालन गरीएको महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा संस्थापक अध्यक्ष माधव नेपाल,सबै जिल्लाहरुको प्रतिनिधित्व गर्दे काठमाडौ होटल व्यवसायी संघका अध्यक्ष शैलेश कार्की,तथा सल्लाकारको तर्फबाट होटल व्यवसायी महासंघ केन्द्रिय सल्लाहकार उमा ग्राण्डन लगायतले उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । महसोमबार बन्द सत्र सकिए पछि भोली अधिवेशनको तयारी रहेको आयोजकले जानकारी दिएको छ । महाअधिवेशन तथा दशौ वार्षिक साधारणसभा उद्दघाटन अघि भरतपुर महानगरापलिको चौबीवस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न सास्कृतिक झाँकी सहितको प्रभातफेरी गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here