spot_img
Wednesday, June 7, 2023
Homeब्यानरपिडितको न्यायको लागि नेपालगंजका चोकमा प्रदर्शन

पिडितको न्यायको लागि नेपालगंजका चोकमा प्रदर्शन

spot_img

पिडितलाई न्यायको माग गर्दै बाँकेको नेपालगंज शहरका मुख्य मुख्य चोकमा प्रदर्शन गरीएको छ । घट्नालाई समान्य ढंगमा लिदै पिडकलाई कारवाहीको दायरामा नल्याएको भन्दै बाँकेका विभिन्न विद्यालयका विद्यार्थी तथा पिडितका आफन्तहरुले सडक आन्दोलन सहितको प्रदर्शनी गरेका हुन ।
आन्दोलनकर्ताहरुले प्रदर्शनसँगै नेपालगंज सुर्खेत रोड नै ठप्प पारको छन । नेपालगंजको कारकाँदो,राँझा,भुजईगाउँ,धम्बोझी लगायतका चोहरुमा सोमबार विहानदेखि सडक अवरुद्ध पारीएका हो ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनीलाई सम्र्पकमा नल्याइएको भन्दै आफन्तहरु आन्दोलित भएको बताइएको छ । घट्नालाई प्रहरीले गम्भीर रुपमा नलिएको आफन्त लगायत विद्यार्थीहरुको आरोप रहेको छ । आन्दोलनमा सरीक एक आन्दोलनकारीले हामीलाई भने,“घट्ना घटेको दुई दिन भयो,दोषीलाई कारवाहीको विषयमा कतै कहीबाट पनि सहयोग भैरहेको छैन,घट्ना घटाउने ट्रकको मालिकलाई भेटाउ भन्दा आउन मानिरहेका छैन ,आकाश मार्गबाट आउने भए टिकटको व्यवस्था हामीले गछौ भन्दा सडकमार्ग भएर आउने कुरा गर्दा हामी शंकामा भएका हौ ।”
यसै विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले ठक्कर दिने चालकलाई कारबाही,ट्रक धनीलाई सम्पर्कमा ल्याउनुपर्ने लगायतका माग राखेर मृतकका परिवार तथा आफन्तहरु आन्दोलनमा उत्रिएको भएता पनि आन्दोलन कारीहरुको मागमा प्रहरी गम्भीर रहेका बताए ।
ट्रक धनी सम्पर्कमा नआउँदा पिडित परिवारलाई उपलब्ध गराउने क्षतिपुर्तिका विषयमा छलफल नसकेको हो । नेपालगंजको न्युरोड स्थित भानुभक्त चोक नजिक ना.७ ख १७ नम्बरको ट्रकले ठक्कर दिदाँ साइकल यात्री दैलेख नारायण नगरपालिका–५ घर भई हाल नेपालगंज–१८का तेजन थापा मगरको मृत्यु भएको हो ।परिवार र आफन्तले मृतकको शव यो समाचार तयार पार्दा सम्म नबुझेको जानकारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here