spot_img
Sunday, June 4, 2023
Homeब्यानरखुकुरी प्रहार गरी फरार रहेका ४ पक्राउ

खुकुरी प्रहार गरी फरार रहेका ४ पक्राउ

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजे धारिलो हतियार प्रहार गरी फरार रहेका ४ जनालाई बाँके प्रहरीले आज सोमबार एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।पत्रकार सम्मेलनमा मार्फत जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाउ गरेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष २९ का जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.४ बस्ने विनय भण्डारी,वर्ष ३२ का बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडा नं.२ बस्ने नारायण डाँगी,यस्तै वर्ष २९ का बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं.५ मा बस्ने प्रकाश रमाईली भन्ने तुल्सीराम सुनार,यसैगरी वर्ष ३१ का बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.६ बस्ने तासे भन्ने प्रकाश थापा रहेको जिल्ल प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्तीले बताए । उनीहरुले नेपालगंजउपमहानगरपालिका– १२ निवासी अनुराग शाह,सोही ठाउँ निवासी उज्वल शाह र नेपालगंज उपमहानगरपालिका–४ का सुभम शाहलाई साँघातिक आक्रमण गरी फरार रहेका थिए ।आक्रामणकारीहरुले आक्रमणका लागि २ थान खुकुरी प्रयोग गरेको र ती खुकुरी नेपालगंज उपमहानगरपालिका वडा नं.५ स्थित सडक नजिकको झाँडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।घाइतेको भएका तीनै जनाको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ लगिएको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेका अस्पताले जनाकारी दिएको छ । घटनाको गम्भिर अनुसन्धान भैरहेको छ ।यसै विषयलाई लिएर नेपाल तरुण दल बाँकेले हिजो नै एक विज्ञप्ती मार्फत दोषीलाई कारवाहीको लागि माग गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here