spot_img
Saturday, April 1, 2023
Homeबजारभान्साघरको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविर

भान्साघरको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविर

spot_img

बाँकेको नेपालगंजमा संचालनमा रहेको टेष्टी थकाली भान्साघरको सहयोगमा शुक्रबार सुगर,थाइराइट र आखाँको निःशुल्क चेकजाँच एवं शिविर सम्पन्न गरीएको छ । एभेरेष्ट इन्टरनेशलन पोलीक्लिनिक एण्ड डाइग्लोष्टिक सेन्टर प्रालि नेपालगंज बाँकेको आयोजनामा उक्त कार्याक्रम आयोजना गरीएको हो ।नेपालगंज उपमहानगरपालिका–१८को समेत समन्वय रहेको उक्त चेकजाँच कार्याक्रममा नेपालगंज उपमहानगरपालिकाका स्थानिय तथा वडाका सम्पुर्ण स्थानियहरुको निःशुल्क उपचार गरीएको टेष्टी थकाली भान्साघरका प्रमुख सञ्जिभ न्यौपानेले जानकारी गराएका छन । पेशाले स्वास्थ्य कर्मी समेत रहेका न्यौपानेले आफुले संचालन गरेको भान्साघरको माध्यमबाट स्वास्थ्य खानाको साथै स्वास्थ्यमा समेत समाजिक कार्यक्रमा लाग्नु पर्ने उदेश्यका साथ यस प्रकारका कार्यक्रमहरु गर्दै आएका बताएका छन ।

यसैगरी निःशुल्क सुगर,थाइराइट र आखाँ चेक गर्न पुगेको स्थानिय रमा देवी थापाले यस प्रकारका कार्यक्रमले आफु जस्ता जेष्ठ नागरीकहरुलाई सहज र सहयोग हुने बताइन । यसरी एउटा होटल व्यवसायीले सामाजिक कार्य गर्नु निकै राम्रो भएको थापालको प्रतिक्रिया रहेको छ । यसैगरी भेरी कर्णाली मोर्टर पार्टसका संचालक बलराम रिजालले सामाजिक काममा लाग्नु सबैको कर्तव्य भएता पनि यसरी सामाजिक कार्यमा अगाडि बढ्नेको सख्या कमै भएता पनि टेष्टी थकाली भान्साघरले गरेको कार्य निकै प्रशंसनीय भएको बताए ।व्यवस्थापनको सम्पुर्ण जिम्मा लिएको टेस्टी थकाली भान्साघरले बाँकेका विभिन्न स्थानिय तहमा स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ ।

खजुरा गाउँपालिका,बर्दियाको मधुवन नगरपालिका,बासगढी नगरपालिका,बाँकेको नेपालगंज उपमहानगरपालिका,लगायतका स्थानिय तहमा यस अघि नै स्वास्थ्य शिविर संचालन गर्दै आएको हो ।यर्थाथ मेडिकल हल तथा भिजन चश्मा पसलको प्रविधिक सहयोगबाट आँखा समेत चेकजाँच गरीएको एभेरेष्ट इन्टरनेशलनका लिलाम्बर झाले जानकारी गराएका छन भने ल्याप टेक्निसियन सरीता लम्साल र विनीता वलीले स्वास्थ्य चेकजाँचमा सहयोग गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here