spot_img
Sunday, May 28, 2023
Homeब्यानरखजुरा ज्ञानोदयमा स्नातकोत्तर कक्षा संचालन हुने

खजुरा ज्ञानोदयमा स्नातकोत्तर कक्षा संचालन हुने

spot_img

बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसले अव आएर डिग्री तहको कक्षा सुरु गर्ने भएको छ । विगत लामो समय देखि स्नातक तहको अध्यायन अध्यापन गराउँदै आएको पब्लिक क्याम्पसले यसपटकबाट स्नातकोत्तरको अध्यायन अध्यापन गराउने भएको हो ।खजुरा गाउँपालिको वडा नम्बर –३ मा रहेको पब्लिक क्याम्पसले पहिलो पटक स्नातकोत्तर स्तरको कक्षाहरु संचालन गर्न थालिएको क्याम्पस प्रमुख चरित्रा शाहले बताइन ।२०६५ सालमा स्थापना भएको क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको एम.एड कक्षा संचालनको स्वीकृति दिएको हो । त्रिवी कार्यकारी परिषदले २०७९ कात्तिक २१ गते गरेको निर्णय बमोजिम २०७९/०८० देखि ज्ञानोदय क्याम्पसलाई स्नातकोत्तर शिक्षा तर्फ अध्यापन गराउन अनुमति दिएको छ ।अव क्याम्पसले शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह एमएम प्रथम सेमेस्टर नेपाली र शैक्षिक व्यवस्थापन इ.पि.एमको कक्षा संचालन गर्नेछ । जसका लागि क्याम्पसले प्रवेश परिक्षाको आवदेद फाराम खोलिसकेको बताएको छ भने माघ १४ गते प्रवेश परिक्षा र माघ २२ गतेबाट कक्षाहरु संचालन हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here