spot_img
Tuesday, June 6, 2023
Homeब्यानरनेपालगंज –१२को विशेष स्वास्थ्य सेवा प्रभावकारी बन्दै

नेपालगंज –१२को विशेष स्वास्थ्य सेवा प्रभावकारी बन्दै

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नंं.–१२ मा रहेको स्वास्थ्य चौकीले शुक्रबार दिने विशेषज्ञ सहितको सेवालाई महिनाको अन्तमा शुक्रबार भन्दा पनि मंगलबारलाई छनौट गरेको छ ।वडा कार्यालय –१२ को पहलमा प्रत्येक शुक्रबार विशेषज्ञ सहितको सेवालाई आफ्ना वडामा रहेका नागरीकहरुलाई स्वास्थ्य सुविधा दिनका लागि आवश्यकता ठानेको हुदाँ यस प्रकारको कार्याक्रमको सुरुवात गरीएको वडा नं.१२ का वडाअध्यक्ष तरुण वज्राचार्यले बताए । स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको सेवालाई हप्ताको एकदिन गरीएको भएता पनि यसको प्रभाव स्वास्थ्य सेवामा पर्न थालेको नेपालगंज स्वास्थ्य चौकी वडा नंं.१२ का प्रमुख आरती थारुले वताईन । स्वास्थ्य चौकी प्रमुख थारुका अनुसार आफुहरुले औषधी उपचार गर्दै आएका विरामीहरु समेत विशेषज्ञबाट उपचार गराउन इच्छुक देखिदा स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको सख्यामा बृद्धि भएको छ । भर्खर सुरुवात भएको हुदाँ धेरै व्यपाकता गर्न नसकेता पनि डा.नै उपस्थिति हुदाँ स्वास्थ्य चौकीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको प्रमुख थारुले बताइन ।विशेष उपचारको रुपमा लिएको विशेषज्ञ सहितको उपचारको कार्याक्रममा अन्य दिनमा उपचार गर्दा निको पार्न नसकिएको तथा स्वास्थ्य कार्यालयले गम्भिर रुपमा लिएको वा रिफर गर्नु पर्ने विरामीलाई मेडिकल अफिसर डा.सँग उपचार गराइदै आएको छ ।पछिल्लो समय मेडिकल अफिसर डा.सत्यकुमार शाहीले निःशुल्क सेवा दिदै आउनु भएको छ ।दोस्रो हप्ताको रुपमा चलिरहेको सेवामा करिब ८० बढि जनाले सेवा लिइ सक्नु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here