बाँकेको नेपालगंज उपमाहानगरपालिका वडा नंंं.१२ स्थित नेपालगंज स्वास्थ्य चौकीले स्वास्थ्य विशेष कार्याक्रम संचालनमा ल्याएको छ । शुक्रबार नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै अझै पनि प्रत्येक नागरीकले घर दैलोमै स्वाथ्य सेवा लगायतका अन्य सुविधा पाउनु पर्नेमा अझै यस्तो हुन नसकेको बताए । नगरप्रमुख विष्टले नेपालगंज उपमहानगरपालिका वडा नं.१२ को पहलमा स्थानिय स्वास्थ्य चौकीमा दिन लाएिको विशेष स्वास्थ्य कार्यक्रममा आर्थिक एवं प्राविधिक रुपमा सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी उद्घाटन कार्यक्रमका विशिष्ट अथिति एवं पुर्व उद्योग मन्त्री एवं नेपालगंज उपमहानगरपालिका वडा नं.१२ मा रहेको स्वास्थ्य चौकीका लागि जग्गा दान दिएका नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले वडा नम्बर १२ का जनताले स्वास्थ्य सुविधा लिन सकुन भन्ने उदेश्यका साथ आफुले जग्गा दान गरेको बताए ।जग्गा दान गरेर मात्रै नहुने भन्दै नेता हमालले अबका दिनमा स्वास्थ्य चौकीलाई बृहत बनाउन सहयोग गर्ने बताए । जग्गा दाता एवं नेता हमालले जग्गा दिदाको समयको अवस्थामा निकै कोसिस गरेर स्वास्थ्य चौकीको स्थापना गरेको बताए ।

यसैगरी उद्घाटन कार्याक्रममा बोल्दै लुम्बिनी प्रदेशका बन तथा भु–संरक्षण मन्त्री सुरेन्द्र हमालले स्वास्थ्य चौकीले सुरु गरेको विशेष स्वास्थ्य कार्याक्रमलाई अझै प्रभावकारी बनाउने सबैको साथ र सहयोग रहनु पर्ने बताए । मन्त्री हमालले स्वास्थ्य चौकीले गर्न लागेको कायाक्रमलाई अझै विस्तार गर्दै अन्य स्थानका लागि नमुनाको रुपमा प्रस्तुत गर्न सकिने बताए ।

यसैगरी नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष तथा स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तरुण बज्राचार्यले आफु निर्वाचित भएर आए पछि वडावासीको लागि भनेर हप्ताको एक दिन विशेष स्वास्थ्य सेवा संचालनमा ल्याइएको बताए ।वडामा अझै पनि ठेला अस्पतालमा गएर उपचार गराउन नसक्ने नागरीक भएको हुदाँ स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै नेपालगंज स्वास्थ्य चौकीबाट विशेष स्वास्थ्य सेवा दिन लागिएको अध्यक्ष बज्राचार्यले बताएयसैगरी वरिष्ठ प्लाष्टिक सर्जन डा.विनोद कर्णले स्वास्थ्य सेवामा काम गर्दै गर्दा धेरै नाफा भन्दा पनि सेवाको भावनालाई आत्मसाथ गर्नु पर्ने बताए । यसैगरी नेपालगंज उपमहानगरपालिका स्वास्थ्य महासाखाका जागेश्वर बस्नेतले सबै भन्दा ठुलो सम्पत्ति स्वास्थ्य भएको हुदाँ यसमा सबै गम्भिर र सहयोगात्मक तरीकाले अगाडि बढ्नु पर्ने बताए । स्वास्थ्य महासाखाका बस्नेतले नेपालगंज उपमहानगरपालिका स्वास्थ्य महासाखा स्वास्थ्य चौकीका लागि आवाश्यक पर्ने जुनसुकै सहयोग गर्न पछि नहट्ने बताए । यसैगरी नेपालगंज स्वास्थ्य महासाखाका हेल्थ असिस्टेन्ट तेजवलीले वडा नं.१२ मा रहेको स्वास्थ्य चौकीमा विशेष स्वास्थ्य सेवा स्वरुप चिकित्सीय सेवा सहित नसर्ने रोगहरुलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।नेपालगंज–१२ स्वास्थ्य चौकी प्रमुख आरती थारुले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य माधव प्रसाद पोखरेलले स्वागत मन्तव्य दिएका थिए ।कार्यक्रमको अतिथिमा नेपालगंज उपमहानगरपालिका कार्यापालिका सदस्य विक्रम चिडिमार,वडा नं.१२ का वडा सदस्य राज कुमार वाल्मिकी,शुशिला पन्त,चन्दा चिडिमार,विनोद रस्तोगी, डा.सत्य कुमार शाही,एमडिएम फ्रान्सका प्रतिनिधि गणेश कार्की,नेपाली कांग्रेस वडा नं.१२ का सभापति रामु चिडीमार, नेपाली कांग्रेस वडा नं.१२का सचिव सुकराम चिडिमार लगायतको उपस्थिति रहेको थियो ।
