spot_img
Saturday, April 1, 2023
Homeब्यानरसन्त नेता भट्राईको जन्म उत्सवमा नेपालगंज–१२ मा सरसफाई कार्यक्रम

सन्त नेता भट्राईको जन्म उत्सवमा नेपालगंज–१२ मा सरसफाई कार्यक्रम

spot_img


कृष्णप्रसाद भट्राईको ९८ औ जन्म जयन्तीमा नेपालगंज उपमहानगरपालिका–१२मा सरसफाई गरीएको छ । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सभापति तथा पुर्व प्रधानमन्त्री सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्राईको ९८औ जन्म जयन्तीको अवसरमा बाँकेको नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेसको वडा समितिले सरसफाई गरेको हो ।
नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं.१२ले भट्राईको जन्म दिनको अवसर पारेका स्थानिय वडामा सरसफाई गरेको वडा समितिका सचिव सुकराम चिडिमारले बताए ।नेपाली कांग्रेस वडा समितिका सभापति रामु चिडिमारको सभापतित्वमा सम्पन्न सरसफाई कार्याक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस बाँके जिल्ला सदस्य अमृत आर्चाय रहेका थिए ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिका कार्यपालिका सदस्य,बिक्रम चिडिमार, वडा नं.१२ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति–२ का सहसचिव तरुण कुमार बर्जाचार्य,वडा नं.१२ का वडा सदस्य चन्दा चिडिमार,वडा नं.१२का वडा सदस्य तथा नेपाली कांग्रेस प्रदेश सहसचिव राजकुमार वाल्मिकी,वडा नं.१२ नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि नेत्र जंग शाह,आमा समुहका मिना शर्मा लगायतको उपस्थिति रहेको सचिव चिडिमारले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here