spot_img
Wednesday, February 1, 2023
Homeब्यानरयौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि महिला र किशोरीहरु

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि महिला र किशोरीहरु

spot_img

आइपास नेपालले साझेदार संस्थाहरुसंग मिलेर दुई दिने सम्मेलनको आयोजना गर्यो । उक्तसम्मेलन समुदायमा आफै खटेर महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतनबाट धेरैलाई बचाएको सफलतालाई मनाउनका लागि आयोजित गरिएको हो ।यो राष्ट्रिय सम्मेलनले लैङ्गिक हिंसाको बिरुद्धको १६ दिने अभियान र अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पनि यो सम्मेलनको आयोजना भएको हो ।असुरक्षित गर्भपतनबाट धेरैको ज्यान बचाउने सफलता १५६ महिला र किशोरीहरुले स्वयं परिचालित भई एक बर्षकोअवधिमा ३६,००० भन्दा बढी महिला र किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सन्देशहरु पुर्याएर प्राप्त भएको हो ।आइपास नेपालले यस्ता सामुदायिक अगुवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक र सामाजिक मुल्य मान्यता, लैङ्गिक हिंसा, सुरक्षित गर्भपतन, र परिवार नियोजन, अनि केहि ठाउँमा जलवायु परिवर्तन जस्ता विषयमा तालिम दिएर समुदायमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा आफ्नो गाउँ ठाउँमा यस क्षेत्रको विकाश गर्न प्रेरित गरेको छ ।
आइपास नेपालले यसरी तालिम दिएका महिला र किशोरीहरुलाई सामुदायिक अगुवा भन्ने गरेको छ । नेपालमा अझै पनि असुरक्षित गर्भपतनबाट महिला र किशोरीले ज्यान गुमाइ रहेका छन् । सामुदायिक अगुवाको परिचालन पछि गरिएको एक अध्ययनले उनीहरुले असुरक्षित गर्भपतन सम्बन्धमा समुदायलाई बुझाइ महत्वपुर्ण परिवर्तन ल्याएको देखाएको छ । यो कार्यक्रम लुम्बिनी प्रदेशका पाल्पा, रोल्पा र अर्घाखांची तथा सुदुरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, र डडेलधुरा जिल्लामा संचालित छ । सामुदायिक अगुवाहरुले व्यक्तिको व्यवहार परिवर्तन गर्न सक्ने क्षमतामा बिकाश गरेका छन् भने महिला र किशोरीहरुलाई आफ्नो श्रीमान, सासु र आमा बुबा संग यौन तथा प्रजननस्वास्थ्य र अधिकार सम्बन्धि कुराहरु गर्न सक्षम बनाउन सहयोग गरेका छन । त्यस्तै, सामुदायिक अगुवाले महिला र किशोरीहरुलाई स्थानिय सरकार र स्वास्थ्य संस्थाहरुमा गई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि पैरवी गर्न पनि सक्षम बनाउन सहयोग गरेका छन । साथ साथै समुदायमा सामाजिक र लैगिङक मुल्यमान्यतामा सकारात्मक परिवर्तन ल्याएका छन् ।आइपास नेपालका कार्यबाहक निर्देशक जगदिश्वर घिमिरे भन्छन्, “जब सिमान्तकृत महिला र किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा आत्मबल बढ्छ, उनीहरुले समुदायमा रहेका हानिकारक सामाजिक व्यवहारहरु जस्तै बाल बिबाह, असुरक्षित गर्भपतन, लैङ्गिक हिंसालाई घटाउन मदत गरेको देखिएको छ । त्यस्तै, स्वास्थ्य संस्था र स्थानीय सरकारहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धमा थप जिम्मेवार बनाउन महत्वपुर्ण भुमिका खेल्न सक्छन् ।” घिमिरे भन्छन, “सामुदायिक अगुवाहरुलाई अझै आफ्नो वरिपरी रहेका धेरै भन्दा धेरै महिला तथा किशोरीहरु माझ पुग्न प्रेरित गर्नु पर्दछ र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धमा भएका उपलब्धिहरुलाई अझ बढाउनु पर्दछ । उनीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि समुदायमा रहेका समस्याका मुख्य कारक तत्वहरु लैङ्गिक असमानता, श्रोत र सेवामा पहुंचको कमी, भएका नीति नियमहरुको कार्यन्वयन नहुने तथा विद्यमान चुनौतीहरु र नयां नयां चुनौतीहरु जस्तै जलवायु परिवर्तन र यसले प्रजनन स्वास्थ्यमा पारेका असरहरुका बारेमा येथेष्ठ जानकारी नहुनु आदि लाई हटाउन प्रेरित गर्दछ ।” आइपास नेपालले २००२ देखि नेपालमा सुरक्षित गर्भपतन तथा गर्भनिरोधका साधनहरुको पहुंच बढाउन नेपाल सरकारका विभिन्न निकायहरुको समन्वय र सहकार्यमा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । शुरुवात देखि नै आइपास नेपालले व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यमा उसले आफुले निर्णय गर्न पाउने अधिकारलाई सुरक्षित गर्न विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here