पछिल्लो समय व्यवसायीको दृष्टिकोणले निकै प्रभावित बन्दै गैरहेको पेशा होटल व्यवसाय बन्द हुदै गएको अवस्थामा फरक स्वाद सहित सामाजिक सेवामा लाग्नु पर्छ भन्दै “टेस्टी थकाली भान्साघर” विगत केही महिना यता नेपालगंजमा संचालनमा आएको छ । आफ्नै उत्पादनका विभिन्न परिकारहरुको स्वादलाई पस्कदै नेपालगंज–१८ यातायात कार्यालय अगाडी बाँकेमा “टेस्टी थकाली भान्साघर”संचालनमा आएको हो ।स्वास्थ क्षेत्रमा काम गर्र्दै आएका संजीव न्यौपानेद्धारा संचालनमा ल्याइएको “टेस्टी थकाली भान्साघर”स्वास्थ्यमुखी व्यवसायी बनाउने उदेश्यका साथ भान्साघर सुरुवात गरीएको भान्साघरका संचालन न्यौपानेको दावी रहेको छ ।बाँके नेपालगंजमा फरक पहिचान बनाउँदै खाना खुवाउने व्यवसायीलाई अझै राम्रो र टेस्टी बनाउने उदेश्यका साथ आफ्रनै उत्पादनका अधिकांश खानाका परिकारका चाहिने तत्वहरु मिसाउने गरेको भान्साघर संचालन न्यौपाने बताउँछन । “टेस्टी थकाली भान्साघर”का संचालक न्यौपाने भन्छन,“नेपालगंजमा थकाली खाना भन्ने गरेता पनि विशेष थकाली,पुर्वतिरको थकाली खाना दिन सकिएको छैन ।” “टेस्टी थकाली भान्साघर”मा भन्टीमा पोलेको सेकुवा लगायतको परिकारलाई विशेष स्वादको रुपमा लिन सकिन्छ । आठजानका कर्मचारीहरुको सहयोगमा संचालनमा रहेको “टेस्टी थकाली भान्साघर”का कर्मचारीहरुलाई संचालक आफैले तालिमका लागि बाहिर पठाएका थिए ।नेपालगंजमा रेष्टुरेन्ट धेरै भएता पनि आफुले पैसा कमाउने भन्दा पनि सामाजिक क्षेत्रमा सहयोगको उदेश्य लिएर अगाडि बढेको “टेस्टी थकाली भान्साघर”का संचालक न्यौपानेले सामाजिक सेवा लगायत स्वास्थ्य क्षेत्रमा समेत आर्थिक एवं भौतिक सहयोग गर्दे आएको पाइन्छ ।पारिवारीक वातावरणलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको “टेस्टी थकाली भान्साघर” रेष्टुरेन्टको क्षेत्रमा एक छुटै पहिचानका निर्माणका लागि अग्रसर रहेको देखिन्छ ।काठमाडौमा स्वाथ्य क्षेत्रमै काम गर्दै आएका लिलाम्बर झा समेतको लगानी रहेको “टेस्टी थकाली भान्साघर”ले स्वाद र स्वाथ्य दुवैलाई महत्वका साथ हेरेको छ भन्ने बुझ्न सकिन्छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00