बाँकेको बैजनाथ गाउँपालिकाले प्रमुख उपप्रमुख कप गाउँपालिका स्तरीय खेलकुद कार्यक्रम सुरु गरेको छ ।गाँउपालिका खेलकुद विकास समितिका अध्यक्ष महाविर थारुको अध्यक्षतामा मंगलबारबाट तीन दिने बैजनाथ गाउँपालिका स्तरीय उपप्रमुख कप प्रतियोगिता हुने एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।गाउँपालिका स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बैजनाथ–७ पेडारीको खेल मैदानमा बुधबारदेखि उपप्रमुख कप अन्तर प्रतियोगिता–२०७९को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताका लागि विभिन्न उपसमिति समेत निर्माण गरीएको आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही ,उपाध्यक्ष निर्मला रोकाय,बैजनाथ वडा नं.–३ का अध्यक्ष निखिल बैगार,वडा नं.४ का अध्यक्ष प्रेम बहादुर शाही,वडा नं.–७ का वडा अध्यक्ष दिनेश कुमार थारु,सामाजिक विकास समितिका संयोजक भुमिसरा राना लगायतकाले खेल सम्पन्न गर्न गठन गरीएका विभिन्न उपसमितिहरु बारेमा बताएका थिए ।ऐतिहासिक खेल प्रतियिोगिताको रुपमा बैजनाथ गाउँपालिकाले कुल १५ विधामा प्रतियोगिता गराउने भएका छ जसमा गाउँपाकिला अन्तरगत रहेका ३१ सामुदायिक विद्यालय र १३ निजि विद्यालयहरु दर्ता भएका छन । आधारभुत र माध्यमिक तहका दुई तहमा खेलाइने खेलमा सिल्ड जित्नका लागि कुल १५ विधा मध्ये धेरै विधामा उत्कृत हुनु पर्ने छ । तीन दिनसम्म हुने प्रतियोगितामा बस्ने चाहने विद्यालयलाई आवासीइ सहितको व्यवस्थापन गरिएको छ भने बुधबार विहान ७ बजे देखि बैजानाथ पेडारीमा ३२ जना युवा स्वयंसेवक तथा उप समिति सदस्यहरु,विद्यार्थी ,शिक्षक ,अभिभावक गरी करिब ८ हजारको उपस्थिति हुने आयोजकको दावी रहेको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00