spot_img
Tuesday, June 6, 2023
Homeब्यानरकोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

spot_img

तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदी त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । बाँके जिल्लाको कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको जानकारी दिए । ‘ह्वील लक’ अभियान अन्तर्गत आज (विहीबार)देखि नगरमा माइकिङ गर्न सुरु गरिएको छ । जथाभावी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उनको भनाइ छ । कोहलपुर भित्रि बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताए । “आजदेखि सचेतनाका लागि माइकिङ गर्न सुरु गरेका छौ”उनले भने–“निश्चित पार्किङस्थलबाहेक अन्यन्त्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारवाही गर्नेछ ।”कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ । कोहलपुर नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियान अन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचना लगायतलाई हटाउने काम गरिरहेको छ ।नगरमा पार्किल स्थलको राम्रो व्यवस्था भएको खण्डमा अव्यवस्थित पार्किङ गरीनु राम्रो होइन तर व्यवस्थित पार्किङको व्यवस्था सहज र पायक पर्ने स्थानमा निर्माण गर्नु पनि स्थानिय सरकारको जिम्मेवारी हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here