बाँकेका नेपालगंजमा स्थानिय साहु समाजको पहलमा धर्मशाला निर्माण हुने भएको छ । नेपालगंज उपमहानगरपालिका भित्र रहेको वडा नं.५ मा अवस्थित राधाकृष्णको मंन्दिर परिसरमा बाँके साहु समाजले धर्मशाला निर्माण गर्ने भएको हो ।बुधबार हिन्दु धर्मालम्बीहरुको विधि विधान अनुसार भवन उद्घाटन कार्याक्रमको समेत आयोजना गरी भुमि पुजन तथा भवन निर्माण पुजन कार्यक्रम सम्पन्न गरीएको छ । भुईतल्लामा धार्मिक सभाहल र माथि तल्लाहरुमा कुल १६ वटा शयनकक्ष सहितको भवन निर्माणको उद्घाटन कार्याक्रममा बोल्दै साहु समाज जिल्ला कार्य समिति अधयक्ष हंसराम साहुले स्थानिय नेपालगंज उपमहानगरपालिकामा अहिले नक्सा बनाई सकेको हुदाँ त्यही अनुरुप नै निर्माण कार्य संचालनमा आएको बताए । यसैगरी प्रमुख अतिथिका रुपमा रहेका समाजसेवी माधवराम बर्माले भोली भविष्यको समयमा यसले धार्मिक काम लगायत सामाजिक कार्यमा समेत सहयोग पुग्ने बताए । परामशदाताको रुपमा रहेको सहरी विकास तथा भवन कार्यालयका लुम्बिनी प्रदेशका प्रमुख तथा कार्याक्रमका विशिष्ट अथिति रामआश्रेय शाहले बजेट प्रदेश सरकार अन्तर्गतको बजेट भएको र निर्माणका लागि ४० लाख रुपैया विनियोजित भएको बताए ।उनले भवन नहुनेका लागि समेत यस धर्मशालाले सहयोग मिल्ने बताए ।यसैगरी धर्मशाला निर्माण हुदै गर्दाको अवस्थाका बारेमा प्रतिक्रिया दिदै स्थानिय डा.राममुर्जन शाहले धर्मशाला बन्नका लागि साहु समाजले निकै राम्रो काम गर्दै आएको छ यसमा आफु निकै खुशी भएको बताए ।यसैगरी साहु समाज जिल्ला कार्यासमितिका सचिव प्रदिप साहले साहु समाजले अन्य वर्गका मानिसहरु समेतलाई समेट्ने उदेश्य रहेको बताए । उनले साहु समाजका विकास र प्रवद्धनका लागि स्थानिय लुम्बिनी प्रदेशका पुर्व बन तथा बतावरण मन्त्री सुरेन्द्र बाहादुर हमाल र स्थानिय वडा नं ५ का पुर्व वडा अध्यक्ष कैफुलवरले सहयोग गरेको बताए ।सचिव प्रदिप साहले धमैशाला मंन्दिर सबैको भएको हुदाँ यसमा सबैको आस्था जोडिएको बताए ।धर्मशाला निर्माण उद्घाटन कार्यक्रममा साुह समाज युवा संघका अध्यक्ष रामकृष्ण साहु लगायत मोति साहु,तुल्सि साहु,बाबुराम साहु,वृजलाला साहु,रामलोचन साहु ,सिताराम साहु र सन्तोष साहु समेतको उपस्थिति रहेको थियो ।
00