spot_img
Friday, September 29, 2023
Homeब्यानरमानव सेवा सांगितिक यात्रामा प्रेस युनियन बाँके शाखाको साथ

मानव सेवा सांगितिक यात्रामा प्रेस युनियन बाँके शाखाको साथ

spot_img

नेपालको चर्चित व्याण्ड नेपथ्यको बाँकेको नेपालगंजमा मंसिर २९ गते मानव सेवाको लागि हुन गैरहेको मानव सेवा सांगितिक यात्रालाई नेपाल प्रेस युनियन बाँके शाखाको साथ रहेको बताइएको छ । नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओलीले एक छलफलका क्रममा उक्त कुरा बताएका हुन । शाखाका अध्यक्ष ओलीले मानव सेवा आश्रमले नेपालगंजमा रंगशालामा गर्न लागेको मानताका लागि सांगितिक यात्रा कन्सर्टलाई प्रेस युनियन बाँके शाखाको साथ र सहयोग रहेको बताए ।यसैगरी उक्त छलफलमा युनियनका सचिव विजय मल्लले नेपालगंजमा आयोजना हुन लागेको सांगितिक प्रस्तुत मनोरञ्जन मात्रै नभएर एउटा असल उदेश्यले आयोजना हुन लागेको हुदाँ सबैको साथ र सहयोग हुने पर्ने बताए । छलफलमा बोल्दै युनियन बाँके शाखाका कोषाध्यक्ष मधु पौडेलेले आर्थिक रुपमा पत्रकारहरुले केही गर्न नसकेको पछि समाचार र प्रचारप्रसारका माध्यमबाट सांगितिक यात्रालाई सहयोग गर्दे आएको हुदाँ बाँकेका सबै पत्रकारहरु यसक लागि धन्यवादका पात्र भएको बताए ।नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ सहित छ जना कलाकार सगै प्राविधिक र व्यवस्थापकहरुको समुह गरेर ७० जनाको टिम सहित नेपालगंज आइ सकेको व्याण्डले मानवताको लागि नेपथ्य लाइभ कन्सर्ट दिने छ । यस अघि विराटनगर,वीरगंज ,हेटौडा र चितवनमा हजारौ दर्शकका बीच भव्य कार्याक्रम सम्पन्न भैसकेका छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपालीहरुमाझ लोकप्रिय लोक रक संगाीत टोली हो ।सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवामा सबैलाई जागरुक गराउन र मानवता प्रवद्र्धन गर्ने अभिष्ट सहित महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत नेपालगंजमा पाँचौ प्रस्तुति हुन लागेको हो । नेपाल प्रेस युनियन बाँके शाखाको छलफलमा नेपाल प्रेस युनियनका उपाध्यक्ष समिर मान श्रेष्ठ,सदस्य सध्या शर्मा र गणेश राई लगायतको उपस्थित रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here