spot_img
Friday, September 29, 2023
Homeब्यानरसरकारले सुशासन एवं पारदर्शी शासन प्रक्रिया संचालन गर्न प्रजातान्त्रिक विचार समाजको आग्रह

सरकारले सुशासन एवं पारदर्शी शासन प्रक्रिया संचालन गर्न प्रजातान्त्रिक विचार समाजको आग्रह

spot_img

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको अवस्थामा प्रजातान्त्रिक विचार समाजले नेपाल सरकारलाई सुशासन एवं पारदर्शी शासन प्रक्रिया संचालन गरोस् र यसप्रति सबै सरोकारवालहरुले निर्वाह गरुन भन्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ । समाजका अध्यक्ष डा. केदारनर सिंह केसी र समाजका महासचिव गोकर्ण अर्यालद्धारा हस्ताक्षर गरी जारी गरीएको विज्ञप्तीमा उक्त कुरा लेखिएको हो । मंसिर २७ गते जारी विज्ञप्तीमा भनिएको छ “सात दशक लामो प्रजातान्त्रिक संघर्ष र अपेक्षा अनुसार २०७२ सालमा जननिर्वाचित संविधानसभाबाट निर्मित लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था अन्तर्गत गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दोस्रो पटक सम्पन्न भएको छ ।नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पाँच दल सम्मिलित नेपाल सरकारले गत वैशाखमा स्थनीय सरकारको चुनाव सम्पन्न गरेको थियो भने यसपटक संघ र प्रदेशको चुनाव सम्पन्न गरेर ऐतिहासिक दायित्व निर्वाह गरेको प्रजातान्त्रिक विचार समाजको निष्कर्ष छ ।वर्तमान संविधान अनुकुल आवधिक निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई गतिशील र स्थिरता दिन पुर्याएको गौरवशाली योगदान प्रति नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी सबै राजनीतिक दलहरुप्रति प्रजातान्त्रिक विचार समाज हार्दिक धन्यवाद दिदै प्रशंसा गर्दछ । साथै निर्वाचनमा सहभागी प्रतिपक्षी दलसमेत सबै राजनीतिक दल र निर्वाचन सम्पन्न गर्न संलग्न निर्वाचन आयोग लगायत सहभागी मतदाता र सबै संयन्त्रप्रति समेत विचार समाज धन्यवाद ज्ञापन गर्दछ । यस कार्यमा सञ्चारक्षेत्र र पत्रकारहरुले निर्वाह गरेको भूमिकालाई पनि हामी प्रशंसा गर्दछौ ।”
यसैगरी उक्त विज्ञप्तीमा कुनै पनि दललाई सरकार बनाउन बहुमत प्राप्त नभएको निर्वाचन परिणामबाट राजनितिक अस्थिरता आउने हो कि भन्ने आंशका उब्जिएको हुदाँ सत्तासीन गठबन्धनमा आवद्ध सबै दल र प्रतिपक्ष लगायत सबै सचेत र जिम्मेवार हुने कुरामा समाजले विश्वास राखिएको बताइएको छ ।पत्रकारीता क्षेत्रको प्रशंन्सा गर्दे विज्ञप्तीमा पत्रकारीता क्षेत्रले निर्वाचनमा खेलेको भुमिका अहम रहेको बताइएको छ ।यसैगरी जारी विज्ञप्ती मार्फत सबै सरोकारवालहरुको जिम्मेवारीका बारेमा सचेतना गराउँदै विचार समाजले सरकार निर्माणको विषयमा कुनै पनि अनपेक्षित र विकृतिजन्य हरकत नहोस् । संसदीय मूल्य प्रक्रिया अनुसार सरकार निर्माण हुनुपर्ने मान्यता व्यक्त गर्दै भावी सरकारले सुशासन एवं पारदर्शी शासन प्रक्रिया संचालन गरोस् र यसप्रति सबै सरोकारवालहरुले जिम्मेवारी निर्वाह गरुन् भन्ने प्रजातान्त्रिक विचार समाजले आग्रह समेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here