spot_img
Friday, September 29, 2023
Homeकला/साहित्यबाँकेमा दस वर्षपछि आइपुग्यो नेपथ्य

बाँकेमा दस वर्षपछि आइपुग्यो नेपथ्य

spot_img

मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली सोमबार बेलुकी बाँकेको नेपालगंज आइपुगेको छ। पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई सोमबारै आयोजक मानवसेवा आश्रमका पदाधिकारीहरुले स्वागत गरेका थिए।
यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा र चितवनमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ।
नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो। यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत नेपालगंजमा पाँचौ प्रस्तुती दिनलागेको हो। कार्यक्रम मंसिर २९ गते बिहीबार बेलुकी ४ बजे स्थानीय नेपालगंज रंगशाला मैदानमा हुनेछ। नेपालगंजमा यसअघि पनि एकपटक उपस्थित भइसकेको नेपथ्यले यो मैदानमा भने आफूलाई पहिलोपटक प्रस्तुत गर्नलागेको हो।
पछिल्लोपटक नेपथ्यले १० वर्षअघि ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई नेपालगंजमा प्रस्तुत गरेको थियो। ब्याण्डले यसपटक पहिलो चोटी नेपालगंजमा खुला आकाश मुनी भब्य मञ्च तयार पारेर कन्सर्ट दिनलागेको हो।
संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो। यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ। बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ। यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो।
बिहीबारको प्रस्तुतीका लागि नेपालगंज रंगशालामा मञ्च बनाउने काम धमाधम सुरुभइसकेको छ। बुधबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ।मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ। त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो।
‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम नेपालगंजका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको नेपालगंजस्थित संयोजक सिर्जना ओली भन्छिन्, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं।’ओलीका अनुसार नेपालगंज कन्सर्टका टिकटहरु धम्बोजी तथा विपि चोकस्थित स्टलबाट धमाधम बिक्री भइरहेका छन्। त्यसैगरि सहरका विभिन्न रेष्टुरेन्ट तथा पसलहरुमा पनि टिकट विक्री खुलागरिएको छ। समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताइन्। त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी (msa.org.np)मार्फत सोझै काट्न सकिन्छ। त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट(nepathya.com.np)बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ। टेलिफोनमार्फत् सिट सुरक्षित गर्नचाहने दर्शकहरुका निम्ति ९८५५०७६००६ र ९८४३३४७६४५ नम्बर उपलब्ध छन्।मानवसेवा आश्रमले मंगलबार नेपालगंज १० सुर्खेतरोडस्थित आश्रम भवनमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापानको पनि आयोजना गरेको छ।
यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै नेपालगंजमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ। त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here