spot_img
Wednesday, June 7, 2023
Homeब्यानरइलाका प्रशासन लगायतका कार्यालय नहुदाँ नरैनापुर गाउँपालिका अप्ठारोमा

इलाका प्रशासन लगायतका कार्यालय नहुदाँ नरैनापुर गाउँपालिका अप्ठारोमा

spot_img

बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुदाँ गाउँपालिका नै अप्ठारोमा परेको छ । यसरी परेको अप्ठारोलाई निकास दिनका निम्ति स्थानिय पालिकाले अग्रसर लिएको पाइएको छ ।
नरैनापुर गाँउपालिकाको कार्यपालिकाको सोमबार बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकार दिएका छन ।
हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाँउपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
‘नरैनापुर गाँउपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ अध्यक्ष शाहले भने, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाँउापालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाँउपालिकाले गर्ने छ ।’
कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उहाँले भन्नुभयो, ‘गाँउगाँउमा सिंघदरबार नाममा मात्र सिमित बन्यो ।’
अध्यक्ष शाहका अनुसार विकास निर्माण लगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेका छन् ।
प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का अध्यक्ष कृष्ण चन्द्र मार्यले बताए । वडा नं. १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामदेखि ५५ किमीको दूरीमा रहेको सुईया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष जयन्तीदेबी श्रीवस्तव, वडा अध्यक्षहरु क्रमशः इसाक जोलहा,मसूद अहमद शाह,मनोज शर्मा,कृष्ण चन्द्र मौर्य, प्रेम चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here