spot_img
Thursday, September 28, 2023
Homeब्यानरनगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

spot_img

आफ्नो भूमिका उत्कृष्ट बनाउन नगर प्रहरीलाई कोहलपुर नगर प्रमुख आचार्यको निर्देशन
कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिएका छन । नगर प्रमुख आचार्यले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे । नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेको बताउँदै प्रमुख आचार्यले भे–‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन । गतिशिल कोहलपुर नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।’
यसैगरी नगर उपप्रमुख संगिता सुवेदीले संबिधान र स्थानीय सरकार संचालन ऐन अनुसार नै कोहलपुर नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको जानकारी दिने बताईन । उपप्रमुख पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई निर्देशन दिएकी छन । यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले नगर पालिकाले आवासिय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गरे । उनले प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए । समारोहमा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टीकाराम ढकालले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरि दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरे ।

तालिमका संयोजक प्रहरी निरीक्षक यामबहादुर मल्लले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थियो । ७ महिला र १२ पुरुषगरी १९ जना प्रहरी जवानलाई आवासिय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकामा थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ । कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई छुट्टै ब्यारेक नै बनाएको छ । दिक्षान्त समारोहमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्थाका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र केसी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावत, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, कार्यपालिकाका सदस्य, विभिन्न मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो । तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान दुर्गा थापा, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान बालमिकी थापा र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान निशा देबकोटा घोषित हुनुभएको थियो । उनीहरुलाई नगर प्रमुख आचार्य, उपप्रमुख सुवेदी र प्रशासकिय अधिकृत ढकालले पुरष्कार वितरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here