बर्दिया, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नं. २ फुटहा नाकाबाट लागुऔषध सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
१४ ग्राम ६ सय ३० मिलि ग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । एक महिला सहित दुई जना नेपाली मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका उनीहरुलाई सिमानाकामा खटिएको सशस्त्र प्रहरीको टोलिले नियन्त्रणमा लिएको असई दुर्गा ढुंगानाले नाईल खबरलाई जानकारी दिए ।असई ढुंगानाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सुर्खेतको लाटीकोईली ९ की २२ वर्षिय कृपा बोहरा र सुर्खेतको विरेन्द्रनगर नगरपालिका २ भुरेलीका २४ वर्षिय दिपेन्द्र बुढा रहेका छन ।
संकास्पथ रुपमा रहेका उनीहरुलाई मंगलबार दिउँसो १ बजेर ३० मिनेटको समयमा चेकजाँच गर्दा प्रहरीले उक्त वस्तु सहित नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट दुई हजार ७ सय ९० रुपैँया, दुई सेट मोबाईल र भे ५ प ६२०२ नम्बरको मोटरसाईकल समेत बरामद भएको छ । दिपेन्द्रको साथबाट १९ पुडिया र कृपाको साथबाट १ पुडिया गरी जम्म २० पुडिया ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयलाई जिम्म लगाई जिल्ला अदालत बर्दियाबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको बर्दिया प्रहरीले जनाएको ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00