बाँकेका तीन प्रतिनिधि सभा र छ प्रदेश सभाका सदस्यमा निर्वाचित भएको नेतालाई नेपालगंज उद्योग वाणिज्य संघले शुक्रबार बधाई कार्यक्रमको आयोजना गरी बधाई दिएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ बाट निर्वाचित किशोर सिंह राठौर,राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री तथा क्षेत्र नं.२ बाट प्रतिनिधि सभाका लागि निर्वाचित डा.धवलसम्शेर राणा र नेपाल कम्युनिष्ट पार्टि बाँकेका नेता तथा क्षेत्र नं.१ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सुर्य ढकाललाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान्न प्रदान गरीएको थियो ।यसैगरी बाँकेका प्रदेश तर्फका लागि निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुना,दुर्गाबहादुर चौधरी,आदेश कुमार अग्रवाल,बादशाह कुर्मी र रत्न बहादुर खत्रीलाई समेतलाई सम्पान तथा बधाई स्वरुप माला र दोसल्ला ओढाईएको थियो । संघका अध्यक्ष मन्सुरीले बधाई ज्ञापन गरेका थिए भने प्रदेश सभा सदस्य जसपा भण्डारीलाल यादव भने कार्यक्रममा उपस्थित नभएको आयोजकले जानकारी दिएको थियो ।बर्धाई तथा सम्मान कार्याक्रममा उपस्थित नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राठौर,डा.राणा र ढकाल तथा प्रदेश सभा सदस्य नमुना र अग्रवाले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा संघका अध्यक्ष मन्सुरी,निर्वातमान अध्यक्ष नन्दलाल बैश्य,व्यवसायी विमल ढकालले बाँकेको विकासका लागि एकै ठाउ उभिएर काम गर्न नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाई आग्रह गरेका थिए ।नवनिर्वाचित जनप्रतिनिधि सामु उद्योगी व्यवसायीहरुल्े आर्थिक क्षेत्रमा भोग्नु परेका समस्या तथा बैकले दैनिक फोन गरेर धम्कीपुर्ण व्यवहार गरिरहेको तथा बाँके नेपालगंज खुला सिमा नियन्त्रणका लागि पहल गर्नुपर्ने कुराहरु समेत उठान गरीएको उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवी वलीले जानकारी दिएका छन । बधाई कार्याक्रममा बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँके,प्रजातान्त्रिक व्यवसायी संघ ,साइकल क्लव,पुस्तक व्यवसायीसंघ लगायतका प्रनिनिधिहरुको उपस्थिति रहेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00