राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
विदेशी नागरिकता परित्याग गरेर लामिछानेले विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निस्किृय भइसकेको नागरिकता प्रयोग गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान सुरु गरेको हो । लामिछानेको नागरिकता विवाद सम्बन्धी विषयलाई केही साताअघि गृह मन्त्रालयमा उजुरी परेको थियो ।
त्यसपछि गृहले उजुरीमा भएका विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको थियो । त्यही उजुरीमाथि अनुसन्धान गर्न काठमाडौं प्रशासनले बिहीबार काठमाडौं परिसरलाई निर्देशन दिएको हो ।
लामिछानेले आफूले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको जिकिर गरेका छन् ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00