spot_img
Sunday, March 26, 2023
Homeब्यानरडुडुवामा शिक्षक विद्यालय कर्मचारीले तलब पाएनन्,नेपाल शिक्षक महासंघद्धारा ध्यानाकर्षण

डुडुवामा शिक्षक विद्यालय कर्मचारीले तलब पाएनन्,नेपाल शिक्षक महासंघद्धारा ध्यानाकर्षण

spot_img

बाँकेस्थित डुडुवा गाउँपालिकामा कार्यरत शिक्षक तथा बिद्यालय कर्मचारीको तलव, भत्ता तथा छात्रवृत्ति दिवाखाजा जस्ता नियमित बजेट बिद्यालयमा साउन महिनादेखी निकासा नभएकोप्रति नेपाल शिक्षक महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ बाँकेका अध्यक्ष पवनकुमार यादव र सचिव महेशकुमार शर्माले बिहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । गाउँपालिकामा काँग्रेस र एमाले तथा जनता समाजवादी पार्टी(जसपा)का जनप्रतिनिधिबीच बढेको असमझदारीका कारण ११ औं गाउँसभा बस्न सकेको छैन । गाउँसभा बस्न नसक्दा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना ठप्प हुनुका साथै कर्मचारी तथा शिक्षकको तलब, भत्ता पनि निकासा हुन नसकेको हो ।

शिक्षक तथा बिद्यालय कर्मचारीले तलब नपाएको र बिद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिती सृजना भएकोमा नेपाल शिक्षक महासंघको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ । यस विषयमा सरोकारवालाले समयमै समस्या समाधान नगरेमा नेपाल शिक्षक महासंघ चरणवद्ध कडा आन्दोलन गर्न बाध्य हुने र सो को सबै जिम्मा सम्बन्धित सरोकारवालाले लिनुपर्ने चेतावनी दिइएको छ । यसैगरी शिक्षकहरुले तलब नपाएको विषयमा मधुर खबर डटकमसग बोल्दै नेपाल शिक्षक संघ बाँकेको अध्यक्ष विरेन्द्र कुमार यादवले पछिल्लो समय शिक्षकहरु आफ्ना भित्री समस्याहरुबाट गुज्रिरहेको अवस्थामा शिक्षकले गरेको कामको तलब नपाउनु लज्जास्पद भएको प्रतिक्रिया दिएका छन । अध्यक्ष यादवले भने,“मलाई त अचम्म लागेको छ ,शिक्षकलाई कहिले विद्यालयमै कलम,मारकर,शिक्षा पाठ्यपुस्तक लगायतको अभाव भएको भन्ने त सुनिएको थियो ,आफुले काम गरेको तलब नै नपाउनु निकै लाज मर्दो कुरा हो ”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here