नेपाली कांगे्रसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस भित्र ठालु प्रवृत्ति हावी भएको बताएका छन । नेपाली कांग्रस बाँकेले मंगलबार नेपाली कांग्रेसको पार्टि कार्यालयमा भएको लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नवनिर्वाचित नेताहरुलाई बधाई दिन आयोजना गरीएको कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नं.३ बाट निर्वाचत राठौरले नेपाली कांग्रेसमा पद लिएर ठालु बन्ने प्रबृत्तिको अन्त्य हुने पर्ने बताउँदै सो कुरा बताएका हुन ।
नेता राठौरले पार्टिमा अनुशासन हराउँदै गएको चिन्ता व्यक्ति गर्दै भने,“पार्टी भन्दा ठूलो नबन्नुस्, पद लिएर पदलाई न्याय गर्नुस्, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ ।”उनले भने“दलाली गर्न कांग्रसमा लाग्ने हो भने आजैदेखि पार्टी छाड्नुस् ।”
बाँकेको क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका सहमहामन्त्री राठौरले बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने गरी आफूले काम गर्ने बताए ।“सुशिल दाईले एडिबी ल्याएर नेपालगञ्जको विकास गर्नुभयो, बाँके बर्दियामा अन्य आयोजनाहरु पनि सुरु गर्नुभयो, अब सुशिल दाईले सुरु गरेका आयोजनालाई गति दिने काम म गर्छु ।”केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विजयी भएका उम्मेदवाहरुलाई बधाई ज्ञापन गर्दै जनपक्षीय काम गर्न आग्रह गरे ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले सिट बाँडफाँड र टिकट वितरणमा ढंग नपुर्याउँदा गठबन्धनले साचे अनुरुपको परिणाम ल्याउन नसकेको बताए । उनले यसअघिका चुनावमा पार्टीलाई घात गरेको आरोप लागेर कारावाहीका लागि सिफारिस भएका नेताहरुलाई समानुपातिकतर्फ सांसद बनाउन नहुनेमा जोड दिए ।
उनले भने,“अनुशासनको कारवाहीका लागि सिफारिस भएकाहरु सांसद बन्न हुँदैन, यसले अराजकता बढाउँछ, म सहमहामन्त्री ज्यूलाई भन्न चाहन्छु, त्यस्ता मान्छेलाई सांसद बनाउँदा पार्टीमा झन अनुशासनहिनता बढ्छ ।”उनले स्थानीय र संघ तथा प्रदेशको चुनाव सकिएको भन्दै नेपाली कांग्रेस बाँके अब संगठन बनाउन केन्द्रित हुने बताए ।
सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित सदस्यद्वय बादशाह कुर्मी र कृष्णा केसी नमुना लगायतले बोलेका थिए । कार्यक्रममा नवनिर्वाचित राठौर, कुर्मी र नमुनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान व्यक्त गरिएको थियो । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।
