spot_img
Saturday, April 1, 2023
Homeब्यानरबागेश्वरीको प्राङ्गणमा गुरुकुलको बार्षिक साधारण सभा

बागेश्वरीको प्राङ्गणमा गुरुकुलको बार्षिक साधारण सभा

spot_img

बाँकेको नेपालगंज स्थित माता बागेश्वरी मंन्दिरको प्राङ्गणमा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औ बार्षिक सभा शनिबार सम्पन्न गरेको छ ।।अधिकांश सहकारीहरुले आफ्नो बार्षिक साधारण सभा होटल रेष्टुरेन्ट लगायतका स्थानमा गर्दै आएको भएता पनि गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिडेटले बागेश्वरी मंन्दिरको धार्मिक स्थलमा सम्पन्न गरेको हो ।“गुरुकुलको आव्हान संस्थाको उत्पादन घर घरमा पुर्‍याउने हाम्रो अभियान” भन्ने मुलमन्त्रका साथ गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि।ले आफ्नो १२ औं वार्षिक साधारण सभा सपन्न गरेको हो
सहकारीका अध्यक्ष प्रदिप चौधरीले आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गर्दै यस आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित संस्थाको शेयरपुजी १ करोड ७२ लाख ७८ हजार, बचत निक्षेप ८ करोड ४७ लाख ३२ हजार २ सय २८, ऋण लगानी १० करोड ३५ लाख ४४ हजार ९ सय ८८ रहेको जानकारी गराए । यस्तै उनका अनुसार खुद बचत ४७ लाख २४ हजार ८ सय ६१, वाह्य ऋण १ करोड २२ लाख, ९९ हजार ४ रहेको छ भने कुल कारोबार १२ करोड ४३ लाख, ४ हजार ४ सय ८८ रहेको छ ।
संस्थाको प्रतिवेदन अनुसार संस्थाका कुल सदस्य २ हजार ८ सय ६७ रहेको छ भने आ।व। २०७८÷७९ मा शेयरपुँजी १ करोड ३८ लाख, २२ हजार ७ सय रहेको छ । निक्षेप रकम ६ करोड २७ लाख २४ हजार ६ सय ८६ रहेको छ । यस्तै लगानीमा रहको कर्जा ८ करोड ७६ लाख २८ हजार ६ सय ८० र खुद नाफा भने १९ लाख ७० हजार ४४ रहेको छ । यस समयमा संस्थाले सदस्यहरुलाई दिएको व्याजदर १२ प्रतिशत र कर्जा व्याजदर १६ कयम राखेको थियो ।
संस्थाको साधरण सभामा सहभागी भएका राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सागर नाथ योगीले यस सहकारीले गरेको प्रगती प्रति सन्तुष्टी जाहेर गर्दै आगामी उज्जवल भविष्यको कामना समेत प्रकट गरेका थिए ।
संस्थाको जेष्ठ सदस्य बिल कुमारी श्रेष्ठको प्रमुख अतिथित्वमा सम्पन्न भएको सभामा विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि। का उपाध्यक्ष मिना सिग्देल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ का वडाध्यक्ष मनोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here