बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका भित्र रहेको निकै पुरोना विद्यालय जय बागेश्वरी माध्यामिक विद्यालयमा शुक्रबार फुट फेस्टीबल मनाईएको छ । विद्यार्थी केन्द्रित विद्यालय कार्यक्रमको रुपमा लिइएको उक्त फेस्टीबलमा शिक्षक देखि विद्यार्थी सबै रमाएको देखिएको थियो ।विद्यालयका विद्यार्थीहरुलाई पढाई सँगै अन्य क्रियाकलाप समेतमा जोड दिदै आएको जय बागेश्वरीले फुट फेस्टीबललाई विद्यार्थीहरुको सिक्ने मौकाको रुपमा लिएको बताउँछन ।जय बागेश्वरीका कक्षा ६ देखि १० कक्षामा अध्यायनरत विद्यार्थीहरुले विद्यालयले दिएको पाक शिक्षालाई व्यवहारमा उतारेका हुन । विद्यार्थीहरुले आफ्नो अध्यायनको शिक्षालाई व्यवहारमा उतार्दे आलु टिकिया,सेन्डउइच,पानी पुरी,चाउमिन,चना पुरी,भेज पकौडा,चटपटे,फे्रच फ्राई,पास्ता चाउमिन,फ्रेन्च सेन्डउच लगायता सामाग्रीहरुको स्टल लगाएर विक्री गरेका थिए ।खानाका सामाग्रीका बारेमा प्रतिक्रिया दिदै विद्यालयका प्रशासन प्रमुख विद्यामान राज भण्डारीले पहिलो दोस्रो र तेस्रो पुरस्कारको समेत व्यवस्था गरीएको बताए ।प्रमुख भण्डारीले भने,“फुट फेस्टीवलमा पहिलो,दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरीने छ ,पुरस्कारको मापदण्ड विद्यार्थीहरुले बनाएको परिकारको स्वाद र कति विक्री गरे भन्ने आधारमा हुनेछ ।”यसैगरी फुड वेस्टीवलको बारेमा प्रतिक्रिया दिदै कक्षा ४ मा अध्यायनरत दिक्षिामा पौडेलले विद्यालयमा हुने यस्ता क्रियाकलाप आफुलाई निकै मन पर्ने बताईन ।यसैगरी विद्यालयले दिएको जानकारी आनुसार कक्षा दश“ए”पहिलो स्थान,कक्षा नौ“ए” दोस्रो र कक्षा दश “ए”ले तेस्रो स्थान प्राप्त गरेका छन । विगत लामो समय देखि फुड फेस्टीवलको रुपमा मनाउँदै आएको कार्यक्रममा अवका दिनमा अभिभावकहरुको समेत सहभागिता बनाउने तयारी रहेको विद्यालयले जानकारी दिएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00