जस्लाइ पायो त्यसैलाइ पार्टिमा हुलने अनि उसको बिचार सिद्धान्त प्रति कुनै कसि नलगायर ब्यक्तिगत स्वार्थमा रुमल्लियर पार्टीको टोल देखि जति सक्किन्छ उपल्लो तहको पद पनि दिने रु पार्टिमा बर्खाको खहरे खोला झै हुल मात्र जम्मा गर्ने बैचारिक र सैद्धान्तिक कार्यकर्ता बनाउन नसक्नुको परिणामको सिकार भयो नेपाली कांग्रेस २ बांके रु यो क्षेत्र प्रतिनिधि पात्र मात्रै हो देशका ठुलो जिल्लामा यहि रोग देखिन्छ । पार्टीको नेतृत्वले कहिल्यै बैचारिक र सैधान्तिक रुपमा अब्बल कार्यकर्ता बनाउने जस्तो महत्त्वपूर्ण कुरामा ध्यान दिन सकेन रु हामी जस्ता भुइ कांग्रेस जति काराय नि, केन्द्रिय देखी तल्लो तहका नेतृत्वलाई जति सुझाय नि ,कुनै मतलब भयन ।यस्तै बिचार अनि सिद्धान्त बिहीन जमात बढाइ रहने हो भने हरेक निर्बाचनमा सनक चल्दा बिचार र सिद्धान्त बिहिनका कारण पार्टीले यस्तै परिणाम भोग्ने सिलसिला जारी हुने छ । पार्टी भित्रको नेतृत्व लिने खेलमा बिचार अनि सिद्धान्तको घाटी रेट्दै बिचार बिहिन बथानको बाहुल्यता लाई नेतृत्वमा पुर्याउदा यस्तै दुर्घटना निम्तिन्छ भन्ने कुरालाई हामीले कहिले बुझने। विधि पद्धति र बिचार बाट निर्देशित कांग्रेस लाई जबसम्म ब्यक्तिको सनकबाट चल्न पुर्ण बिराम लगाइदैन तबसम्म उकालो होईन कांग्रेस ओरालो लागेरै सकिन सक्छ भन्ने पीडा बोध यतिबेला बांके २ ले गर्दै छ ।

अति भयो स्थानीय निर्बाचनमा ज्ञड हजार बढी मत भ जोडेको कांग्रेस ले ६ महिना भित्र घ हजारको अवस्था पुग्नु लाई के भन्ने रु उम्मेदवार प्रती असहमति हुन्छ किन भने त्यो सहमत असहमत परिवार भित्रको कुरा हो । छलफल बहस ,बादबिवाद तर्क बितर्क मैदानको अखाडामा नजाउन्जेल हो यस्लाइ अन्यथा मान्नु हुदैन तर दुस्मण संग मैदानको अखाडामा लडदै गर्दा परिवारका हरेक सदस्यले जितका लागि एक्ता नै नैतिकता सहितको बल हो भन्दै मन वचन कर्म ले नेवारण देखि बल लगायर सहयोग गर्ने धर्म हो ।परिवारकै केही सदस्यले युद्धमा रहेको लडाकु माथी पछाडी बाट छुरा रोप्नु लाई कुन शब्दले धिक्कारनु ।अझै पनि सिद्धान्त अनि बिचार बिहिन जमातको भिड जम्मा गर्ने खेल खेल्ने हो भने कांग्रेस लाई जोगाउन कसैले सक्दैन । मान्छे आफ्नो लागि होइन पार्टीको जिवन्ताका लागि जोडौ । पार्टीलाई जिवन्त राख्न बिचार अनि सिद्धान्त ले जोडन सकिन्छ ब्याक्ती गत स्वर्थरुपि ब्यवहारले मात्र होइन। ब्यक्तिगत ब्यवहारले मात्र जमात जोडदाको परिणाम हामी भोग्दै छौ । चेतना हवस् सबैमा ।