spot_img
Friday, September 29, 2023
Homeब्यानरतारजालि भित्र मतपत्र गणनाको तयारी

तारजालि भित्र मतपत्र गणनाको तयारी

spot_img

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना स्थललाई तारजालीले घेरिएको छ । मतपत्र सुरक्षाका लागि निर्वाचन आयोगको परिपत्र अनुसार सबै ठाउँमा यस्तो ब्यवस्था गरिएको हो । 

मतगणनाका लागि नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको सभाहललाई तयारी अवस्थामा राखिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । मतपत्र सुरक्षाका लागि तारजालीले घेर्नु परेको उनले बताए । तारजाली भित्र निर्वाचन आयोगका गणकले मतगणना गर्नेछन्, भने उम्मेदवारका प्रतिनिधीहरु तारजाली बाहिर बसेर रुजु गर्नेछन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि यसरी नै मत गणनास्थललाई तारजालीले घेरिएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनमा मत पत्र च्यातेको घटनापछि आयोगले देशभर अनिवार्य रुपमा मत गणनास्थलमा तारजाली लगाउने ब्यवस्था सुरु गरेको हो । 

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here