बाँकेमा आईतबार सम्पन्न आमनिर्वाचनमा ६४.७० प्रतिशत मत खसेको छ।बाँके निर्वाचन अधिकारी रमा पन्तका अनुसार बाँकेको कुल मतदाता तीन लाख बत्तीस हजार दुई सय एक्तीसमा दुई लाख अठार हजार तीन सय उन्पचास जनाले मतदान गरेको छन । मतपेटिका संकलन गरि सोमबार बिहान मात्र सर्बदलिय बैठक बसेर मात्र गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिएका छन ।मतपेटिका अहिले मतगणना स्थलमा ल्याउने कार्य जारी रहेको छ ।
00