जानकी गाउपालिका वड़ा न.५ को सहयोगमा ने.रा.प्र. बि. बनिया गाउ का बिद्यार्थीहरु लाई पोशाक वितरण गरियो।
सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरु लाई बिधालयमा आउन असहज हुन नदिनका लागि वड़ाकार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको हो।
सो बिधालयमा का दुई सय पांच जना बिद्यार्थी लाई पोशाक प्रदान गरिएको छ।
सो अवसरमा वड़ाअध्यक्ष टीका नाथ यादवले बिधालय को भौतिक संरचना र गुणस्तरीय शिक्षा का लागि योजना बनाएर प्रत्येक बिधालय लाई नमूना को रूपमा बिकास गर्ने आफ्नो उद्देश्य रहे को बताए।उनले यही बर्ष देखी बिद्यार्थीहरु लाई पोशाक का साथै उत्कृष्ट पाठ्यक्रमका पुस्तक सहित खेलकूद सामग्री पनि उपलब्ध गराउने बताए।
सो कार्यक्रममा बिधालय व्यवस्थापन समिति का अध्यक्ष बिजय वर्मा,प्रधानाध्यापक रेखा धिताल,शिक्षक,अभिवावक सहयोगी लगायत को उपस्थिति रहेको थियो।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00