कलेजमा अध्यनरत तथा समुदायक युवाहरु लाई प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ बारे मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ । २० वटा कलेज स्तरिय तथा २० वटा समुदाय स्तरिय कक्षाहरु संचालन गरिएको थियो ।नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा बाँकेमा संचालित परियोजना अन्र्तगत महेन्द्र बहुमुखि क्याम्पस नेपालगंज,मंगल मा.वि.नेपालगंज,होलिल्यण्ड कलेज,ज्ञानमैत्री कलेज, महेन्द्र मा.वि,सरस्वती मा.वि,ब्राईटल्यण्ड कलेज,आर्दश मा.वि, ज्ञानेदय क्याम्पस र जनता मा.वि खजुरा,जय किसान मा.वि र महेन्द्र मा.वि नरैनापुर गरि ४०० जना युवाहरु लाई १ दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ ।
यसै गरि जानकी,खजुरा,नरैनापुर र नेपालगंजमा समुदाय स्तरिय २० वटा स्थानमा ४०० जना युवाहरु लाई १ दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ । कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ निर्वाचनको प्रक्रिया आवश्यकता,मतदान गर्ने तरिका,मत बदर हुने अवस्था,मतदाताको अधिकार र दायित्व,मतदान प्रक्रिया बारेमा छलफल गरिको थियो । कार्यक्रमको सहजिकरण युवा अभियन्ताहरु सुरज गुरुङ्ग,,स्वेता गुरुङ्ग,शुशिला सापकोटा,राजेन्द्र बिष्ट,अंजना चतुर्वेदी,मकबुल अहमद मुकेरी,सिराज दर्जि,बिनु बैजाली,अरुणा गुरुङ्ग,ऋष्टि चन्द ठकुरी,गुलजार अहमद मुकेरी,अनिल बर्मा,रुपेश बर्मा,दुर्गोश यादव,रहिमत जहाँ खान,दिव्या बर्मा,प्रतिभा मिश्रा लगायत युवाहरुले ले गर्नु भएको थियो । कार्यक्रम बारे जानकारी नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनु भएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00